बागमती प्रदेश सरकारको चालु पुँजीगत खर्च चिन्ताजनक

काठमाडौ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउन नसकेको देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार हालसम्म कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ।

चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार को बजेट ल्याएको थियो। तर चार महिना बित्दा सम्म कुल बजेटको रु ४ अर्ब ९० करोड ३५ लाख ८६ हजार मात्र खर्च भएको मन्त्रालयले जानकारी दिएको छ।

विनियोजित बजेट खर्चको दर हेर्दा सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत उपयोग गरेको छ। त्यसपछि प्रदेश लोकसेवा आयोगले २०.९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६.९१ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६.६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६.३७ प्रतिशत खर्च गरेका छन्।

यता, सबैभन्दा कम खर्च गर्ने निकायमा संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ, जसले चार महिनामा एक दशमलव १४ प्रतिशत मात्र बजेट उपयोग गरेको मन्त्रालयले जनाएको छ।