बाथरुममा चिप्लिदाँ पूर्वप्रधानमन्त्री प्रचण्डको निधारमा चोट

ललितपुर । गएराती बाथरुममा चिप्लिएर पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड घाइते भएका छन् । उनको निधारमा सामान्य चोट लागेको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले बताए ।

बाथरुममा अचानक चिप्लिएर निधारमा चोट लागेपछि तत्कालै उनलाई नजिकै रहेको मेडिसिटि अस्पताल पुर्याइएको र चेकजॉचपछि चिकित्सकले बाहिरी चोट मात्र रहेको बताएका उनकी छोरी गङ्गा दाहालले जानकारी गराइन ।

प्रचण्डमा अन्य स्वास्थ्य समस्या नदेखिएको र बाथरुम चिप्लो भएकाले उनी चिप्लिएको उनले प्रष्ट पारिन् । सामान्य मलमपट्टी पछि राती नै प्रचण्ड डिस्चार्ज भएका उनले बताइन् ।

“सामान्य चेकजाँच पछि बुवा घर फर्केर नियमित काममा संलग्न हुनुभएको छ ।” छोरी गङ्गा दाहालले जानकारी दिइन् ।