सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]
ननस्टप विशेष
कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते
मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]
एआइजीपी सिफारिस: ‘फाइल’ खोलेका केसीको बरियता मिचियो, ०५३ का छुटे
काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गर्दा असन्तुष्टि देखिएको छ । नेपाल प्रहरीमा रिक्त ६ एआइजीका लागि समितिले बिहीबार नाम सिफारिस गरेपछि असन्तुष्टि देखिएको हो । बढुवा सिफारिस हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र […]
यस्तो छ पृथ्वीजस्तै जीव रहेको अर्को ग्रहको रहस्य
न्यूजकारखाना, काठमाडौं । जबदेखि मानवले विवेकको विकास गरेको छ, तबदेखि सबैको मनमा एउटा प्रश्न सधैं आइरहेको छ कि के पृथ्वी बाहेक ब्रह्माण्डमा कतै जीवन छ ? तर, हालै भएको नयाँ खोजमा वैज्ञानिकहरूले यस्तो कुरा फेला पारेका छन्, जसपछि सायद यो प्रश्नको जवाफ पाउन सकिने भएको छ । पृथ्वी बाहेक ब्रह्माण्डमा कतै पनि जीवन खोज्ने काम […]
एआइजी बढुवाका लागि ६ डीआईजीहरु सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजीपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवाका लागि सिफारिस गरेको हो । दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज […]
नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित
काठमाडौं । बौद्धिक वर्ग भनिएका शिक्षकहरुले सडक तताइरहँदा प्राज्ञहरुको संस्था नेपाल प्रज्ञा-प्रतिष्ठानका कर्मचारीहरू पनि आन्दोलित भएका छन् । सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा-प्रतिष्ठान समितिले आन्दोलन शुरु गरेको हो । बिहीबार कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेका छन् । कर्मचारीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् । पटक-पटक ध्यानाकर्षण […]
दुवाकोटमा पहिलोपटक फैटोका गणेशको खटजात्रा, सबै समुदायको सहभागिता
भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]
इ-सेवाबाट २२ वर्षीय युवकले यसरी चोरे एक करोड बढी
काठमाडौं । कञ्चनपुर घर भई काठमाडौंको अनामनगर बस्दै आएका एकै युवकले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]
शिक्षकको प्रदर्शन अझ ठुलो, यातायात ब्यवस्थापन भद्रगोल
काठमाडौं । चैत २० देखि जारी शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । हिजो मन्त्रीपरिषद् बैठकले कार्यस्थल फर्कन अनुरोध गर्ने निर्णय गरेको आन्दोलनमा आज शिक्षकको अझ बढी सहभागिता देखिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मुख्य मागसहित शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा छन् । काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात ब्यवस्था […]
उद्घाटन बिदा दिएको भन्दै मण्डनदेउपुर नगरपालिकाको आलोचना
नगरकोट । नगरकोट भ्रमण वर्ष २०८२ लाई तीन दिन लगाएर उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार औपचारिक उद्घाटन गरेको कार्यक्रमको आज बुधबार समापन हुने भन्दै काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले स्थानीय बिदा दिन पाउने अधिकारको प्रयोग गर्दै प्रमुख स्तरीय निर्णयबाट नगरपालिकाभरी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले जनाएका […]











