सवारी ज्यानमा जेल सजाय पाएका चाँगुनारायणका सुदिप ५ वर्षपछि पक्राउ

भक्तपुर । सवारी दुर्घटनासम्बन्धी ज्यान मुद्दामा फरार रहेका भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ३८ वर्षीय सुदिप बनलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल चैत २ गते उनलाई ६ महिनाको जेल सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

फैसला भएपछिकाे समयदेखि फरार रहेका बनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खटाएको प्रहरी टोलीले भक्तपुरको चाँगुनारायण–५, छालिङबाट पक्राउ गरेको हो।

पक्राउ परेका बनलाई फैसला कार्यान्वयनका लागि पठाइएको बताइएको छ।