काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् ।
शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।

आफूले एमफील र पीएचडी गर्दा यी दुई विषयलाई आफूले अनुसन्धानको विषय बनाएको हुँदा किन्ने र बेच्ने बिच मात्र बेचबिखन नरहेको प्रस्ट पार्दै उनले बेचविखन भित्र ठूलो गिरोह र तस्कर रहेको बताइन् ।
डा मीना पौडेलको “साहस” प्राज्ञीक पुस्तक हो । जर्मन यूनिभर्सिटीले त उनको यो कितावलाई पाठ्यपुस्तककै रुपमा पढाइरहेको छ ।
मानव बेचविखन र बसाई सराई विषयमा अध्ययन अनुसन्धान गर्ने एम फील र पीएचडीका विद्यार्थीले उनको यो पुस्तक स्रोत पुस्तकको रुपमा प्रयोग गर्ने गरेका छन् ।
पौडेल आफैले विद्यावारधी गर्दा उहाँले यी दुई विषयमा अध्ययन अनुसन्धान गरि निस्केको तथ्यलाई आधार मानेर पुस्तक प्रकाशित गरेकी हुन्।
अंग्रेजी, फ्रेन्च, जर्मन र इटालियन, पोलिस र पोर्चुगिज भाषामा प्रकाशित भइसकेको यो पुस्तक अहिले नेपाली भाषामा प्रकाशित भएको छ ।
समयको विकास क्रम सँगै मानव बेचविखनको ट्रेन्ड नै बदलिएको अवस्थामा दक्षिण एशियामा मानव बेचविखनको ट्रेन्ड थाहा पाउन एम फील र पिएचर्डी का विद्यार्थीले यो पुस्तकलाई आधार पुस्तक मान्ने गरेका छन् ।
लेखक मीना पौडेल काठमाण्डौं यूनिर्भसिटी स्कूल अफ आर्ट्समा बसाइसराईबारे कक्षा लिन्छन् भने त्रिभुवन विश्वविद्यालयको लैंगिक अध्ययन केन्द्रमा एम फील र पीएचडी गर्ने विद्यार्थीहरुका लागि महिलावादि अनुसन्धान विधी पढाउछिन ।
उनीसँग थुप्रै अन्तराष्ट्रिय संस्थामा रहेर काम गरेको अनुभव पनि रहेको छ । अनामनगरस्थित शिक्षा पत्रकार समूहको सभाहलमा उनको ज्ञान र अनुभव साझा गर्ने कार्यक्रमको संयोजन भने समूहकी अध्यक्ष निर्जला कक्षपतीले गरेकी थिइन् । सो अवसरमा दर्जन बढी पत्रकारले अन्तरक्रिया गरेका थिए ।
