महावीर पुनको प्रतिक्रिया पछि मेयर साहले तेर्साएको औंला उनैतर्फ सोझियो

काठमाडौं । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले महावीर पुनको प्रशंसा गर्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला पुन स्वयंले त्यसबारे प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा हाल अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले आफूले सबै स्थानीय पालिकाहरुसँग महिनाको नभई वर्षको एक लाख मात्र सहयोग मागेको तर कसैले नपत्याएको खुलासा गरेका छन्।

उनका अनुसार सो रकमको बदलामा पालिकाको लागि आवश्यक सम्पूर्ण वैज्ञानिक तथा प्रविधिक नवप्रवर्तन (innovation) का काम गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो। तर “अरुको कुरा छाडौँ, बालेन साह र हर्क साम्पाङले समेत नपत्याएको” भन्दै उनले अघिल्ला प्रयास सफल नभएको बताए।

मेयर साहले पुनको प्रस्तावलाई मानिसहरुले गम्भीरतापूर्वक नलिएको भन्दै दिएको कटाक्षपूर्ण टिप्पणीको भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

महावीर पुनको प्रतिक्रिया आएपछि भने मेयर साहले उठाएको औंला उनैतर्फ पनि सोझिएको छ । यसबाट मेयर साहका समर्थकहरु सामाजिक संजालमार्फत मन्त्री पुनमाथि खनिएका छन् ।