ललिता साह, भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशको समग्र युवालाई सीपसहितको उद्यमशीलतासँग जोड्न आवश्यक भएको बताएका छन्। शनिबार राष्ट्रिय युवा परिषद् र युथ इको नेपालको साझेदारीमा परिषद्कै मुख्यालय सानोठिमीमा आयोजना गरिएको ‘युवा उद्यमशीलता सम्मेलन २०८२ तथा युवा मार्गदर्शन कार्यक्रम’मा बोल्दै उपाध्यक्ष बस्नेतले सरकारले यसतर्फ पर्याप्त ध्यान पुर्याउनुपर्ने पनि प्रष्ट पारे । उनका […]
ननस्टप विशेष
पुरानै शैलीमा भारतले आरोप लगायो, तटस्थ छानबिनका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई आरोप–प्रत्यारोपको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतको जम्मू कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतले पुरानै शैलीमा पाकिस्तान माथि आरोप लगाइरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । पाकिस्तान मिलिटरी एकेडेमीमा आयोजित क्याडेट्सको पासिङ आउट परेडलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तान पहलगाम घटनामा तटस्थ, पारदर्शी […]
देशब्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता भक्तपुरमा हुदैँ, बैशाख १८ सम्म नाम दर्ता
बाबुराम दाहाल, भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले शनिबार पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । वैशाख १९ र २० गते दुई दिन भक्तपुरको सूर्यविनायक-८ जगातीमा प्रतियोगिता गर्न लागेको सङ्घले जनाएको छ । खेलाडीहरूको तौल जाँच तथा […]
ट्रम्पको दुत मस्कोमा रहेकै बेला रूसी सैन्य कमाण्डरको हत्या
न्यूजकारखाना, मस्को । रूसको शिर्ष सैन्य कमाण्डर जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन् । मस्कोमा भएको कार बम हमलामा परी एक वरिष्ठ रुसी जनरलको मृत्यु भएको रुसी अधिकारीहरूले पनि पुष्टि गरेका छन् जनरल यारोस्लाभ मोस्कालिक नवीनतम रुसी सैन्य कमाण्डर वा क्रेमलिन समर्थक व्यक्तित्व हुन् जसलाई रूस भित्र युक्रेनीहरूले लक्षित गरेको विश्वास गरिन्छ। डोनाल्ड ट्रम्पका विशेष दूत […]
संघीय कार्यक्रममा प्रदेश र पालिकाको अपनत्व आवश्यक : मन्त्री पाण्डे
ललिता साह,भक्तपुर । नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले सम्पदा संरक्षणको यात्रालाई गति दिन स्थानीय सरकारले अपनत्व लिनुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर नगरपालिकाको आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरमा गरिएको “भूकम्पको दश वर्षमा पुनर्निर्माण समीक्षा तथा पुनरावलोकन कार्यको बृहत बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले भने, “उपत्यकाभित्रका […]
खानेपानी समितिहरूलाई केयूकेएलमा गाभ्ने सूर्यविनायकको निर्णयप्रति असन्तुष्टि
भक्तपुर । सूर्यविनायक नगरपालिकाको गत ३१ गते बसेको नगर कार्यपालिकाको बैठकले नगर भित्र सञ्चालनमा रहेका र सञ्चालन नभएका सबै खानेपानी उपभोक्ता समितिहरूलाई केयूकेएल (KUKL) मा गाभ्ने निर्णय गरेको छ। यस निर्णयलाई एकतर्फी र समितिहरूसँग कुनै पूर्व परामर्शबिना गरिएको भन्दै व्यापक आलोचना भइरहेको छ। यद्यपि सबै उपभोक्ता समितिहरूलाई गाभ्ने भनिए पनि प्रारम्भिक चरणमा १ देखि ६ […]
युवाले देश बनाउने संकल्प गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाले अस्थिरता, अराजकता र निरङ्कुशतन्त्र (राजतन्त्र) लाई अस्वीकार गरेर देश बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्। नेकपा (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको “युवा उत्सव” कार्यक्रममा सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने –“देशमा अराजकता फैलाउने र विभाजन ल्याउने तत्वहरूबाट सचेत हुनुपर्छ। “ प्रधानमन्त्री ओलीले वैशाख ११ गतेलाई […]
महानगरको भ्रष्टाचारबारे बोले मेयर बालेन
(काठमाडौ टावर लगायतका विषयमा काठमाडौ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले व्यक्त गरेको अभिब्यक्ति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।) कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त […]
विकास परियोजनाहरू तयार पार्दा वास्तविक आवश्यकतामा ध्यान पुर्याउन उपप्रधानमन्त्री सिंहको आग्रह
ललितपुर । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले इन्जिनियरहरूलाई राष्ट्रको आवश्यकता र जनताको मागअनुसार विकास निर्माणमा अग्रसर हुन आग्रह गरेका छन्। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसिएसन (सिडेन)को दोस्रो राष्ट्रिय सम्मेलनलाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै उनले भने, “निर्माण हुने संरचना र विकास परियोजनाहरू तय गर्दा नेपाली जनताको वास्तविक आवश्यकता के हो भन्नेमा ध्यान दिनुपर्छ। इन्जिनियरले […]
आज लोकतन्त्र दिवस, राजधानीमा एमालेको ‘युथ सेलिब्रेसन’
काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा सत्तारूढ दल नेकपा एमालेले युवा महोत्सव आयोजना गरेको छ । देशैभरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा भएर उत्सव मनाइरहेका छन् । एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा भेला […]











