ट्रिपर पल्टिँदा गयो चालकको ज्यान

काभ्रेपलान्चोक । आइतबार बिहान काभ्रेको मण्डनदेउपुर- ७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा ४ ख ३३६६ नम्बरको टिपर आइतबार बिहान करिब ३ बजेको समयमा उल्टो ब्याक भई सडकबाट अन्दाजी १ सय मिटर तल पल्टिँदा टिपर चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो ।

ज्यान गुमाउने चालक जिल्ला नुवाकोट सुङ्गाठी गा.पा.७ का ४८ वर्षिय लवकुश अधिकारी रहेका डिएसपी मिनबहादुर घलेले जानकारी दिएका छन् ।

चालाकि घटनास्थलमै ज्यान गएको उनले जनाएका छन् । प्रहरी चौकी भिमापाटीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।