उदयको अध्यक्षतामा राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटमा नयाँ कार्यसमिति

नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको सातौं वार्षिक साधारण सभाले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शनिबार ककनीमा सम्पन्न साधारण सभाले उदय बहादुर रानामगरलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, सहसचिवमा विनोद न्यौपाने र कोषाध्यक्षमा कृष्णराज खतिवडा निर्वाचित भएका छन् ।

सदस्यहरुमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक निर्वाचित भएका नवनिर्वाचित सहसचिव विनोद न्यौपानेले बताए ।

सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष रुद्रसिंह तामाङले जनाएका छन् ।

साधारण सभाले पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। समितिमा रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा. मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई र जंगबहादुर अर्याल सदस्य रहेका बताइएको छ ।

सो अवसरमा राष्ट्रसेवामा नवप्रवेशी, बढुवा प्राप्त गरेका, स्तर उन्नति भएका तथा सेवा निवृत्त सदस्यहरुलाई सम्मानसमेत गरिएको थियो ।