गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने, आयो लोकसेवा आयोग सम्बन्धि छुट्टै विधेयक

पोखरा, २६ साउन । गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको छुट्टै लोकसेवा आयोग सम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब कर्मचारी भर्नाको बाटो खुलेको हो ।

प्रदेश सरकारले लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छ ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणीकरण गरेका हुन् । लोक सेवासम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब गण्डकी प्रदेश सरकारलाई कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न बाटो खुलेको छ ।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ ।

Loading...