गण्डकी प्रदेशमै उत्कृष्ट बनेका यी विद्यालय भए पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट विद्यालयहरु पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा ति विद्यालयहरुलाई पुरस्कृत गरेको हो ।

सामुदायिक विद्यालयतर्फ प्रदेशमै पहिलो बन्न सफल शितलादेवी मा.वि., दोश्रो स्थान हासिल गर्न सफल बाग्लुङको गणेश मा.वि. तथा तेश्रो स्थान हासिल गर्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि. पुरस्कृत गरेको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालयतर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल भएका ती विद्यालयलाई ४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयका शिक्षा विकास निर्देशनालयले भव्य कार्यक्रम आयोजना गरी प्रमाणपत्र र नगद सहित पुरस्कृत गरेको हो ।

कार्यक्रममा उत्कृष्ट विद्यालयहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद र प्रमाणपत्र प्रदान गरेका थिए । सोही अवसरमा संस्थागततर्फ उत्कृष्ट बन्न सफल विद्यालयलाई पनि सम्मान गरिएको थियो ।

Loading...