यसरी मनाइदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ ।

सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको जानकारी गराइयो । समारोहलाई सफल बनाउन विभिन्न ६ उपसमिति बनाएर काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस्ता छन शिक्षा दिवसमा गरिने कार्यक्रम

राष्ट्रपति कार्यालय र प्रज्ञाप्रतिष्ठानमा हुने कार्यक्रम बाहेक सो अवसरमा शैक्षिक स्मारिका प्रकाशन, पत्रिकाहरुमा विशेषाङ्क प्रकाशन तथा आम सञ्चार माध्यमबाट परिसम्बाद कार्यक्रम साथै विभिन्न भाषा र तहमा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ । यस्तै सो अवसरमा साक्षरता सम्बन्धि डकुमेन्ट्री, जिन्गल पिसए उत्पादन तथा विकास, वृक्षारोपण र सरसफाई कार्यक्रमसमेत हुने जनाइएको छ ।

यसैगरी, साक्षरता सम्बन्धि लोकदोहोरी, झाँकी, र्याली र निबन्ध प्रतियोगिता, कथा, कविता, जीवनीलेखन आदि, खेलकुद प्रतियोगिता सञ्चालन हुने र केही भइसकेका पत्रकार सम्मेलनमा जानकारी दिइयो । समारोह बाहिर स्टल तथा प्रदर्शनी हुने, बहुभाषिक साक्षरता सामग्री विकास र साक्षरतामा उल्लेख्यनिय कार्यगर्ने व्यक्ति, पदाधिकारी एवं संस्थालाई सम्मान र प्रसंशापत्र वितरण गरिने जनाइएको छ । यसैगरी, अनौपचारिक प्रौढ विद्यालयहरुवाट एसइइ परीक्षामा १० औं वर्ष पुरा गरेको उपलक्षमा विद्यालयलाइ प्रशंसापत्र प्रदान गरिने, अन्तर्राष्ट्रिय साक्षरता दिवसको आदर्श वाक्य चयन र सो अङिकत क्याप, टिसर्ट, स्टीकर व्याच (मेटलका) निर्माण र समन्वय गरिने र यसकालागि साक्षरतामा कार्य गर्ने गैससहरुसँग समन्वय र सहकार्य भइरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बनाइयो ६ वटा उपसमिति

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि ६ वटा उपसमिति गठन गरिएको छ । राजकुमार थापाको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक प्रल्हाद अर्यालको संयोजकत्वमा विभिन्न पत्रपत्रिकामार्फत् साक्षरता विशेषाङ्क उत्पादन तथा प्रकाशन समिति तथा निर्देशक माधव दाहालको संयोजकत्वमा प्रचार प्रसार एवंं मिडिया परिचालन समिति गठन गरिएको छ । यस्तै, निर्देशक सुरेश कुमार जोशीको संयोजकत्वमा सहक्रियाकलाप तथा सांस्कृतिक कार्यक्रम सञ्चालन समिति, निर्देशक, गेहनाथ गौतमको संयोजकत्वमा स्टल, मञ्च तथा प्रदर्शनी व्यवस्थापन समिति साथै, मनुजा वराल सदस्य सचिव रहेको सरसफाइ तथा वृृक्षरोपण क्रियाकलाप सञ्चालन समिति गठन गरिएको छ ।

यस्ता छन उपसमितिका तयारी

स्मारिका प्रकाशन समितिले शैक्षिक स्मारिका –साक्षरता र शिक्षा सम्बन्धि लेखहरुको संगालो सङ्कलन, विकास, छपाइ तथा वितरण गरी भाद्र २२ गते विमोचन गर्ने तयारी गरेको जनाइएको छ । यस्तै, विभिन्न पत्रपत्रिकामार्फत् साक्षरता विशेषाङ्क उत्पादन तथा प्रकाशन समितिले शुभकामना सन्देश सहितको विशेषाङ्क प्रकाशन गर्ने तयारी भएको जनाइएको छ ।

प्रचार प्रसार एबमं मिडिया परिचालन समितिले विभिन्न भाषामासाक्षरता सन्देशका बहुभाषिक पोष्टरहरु तयार पार्ने, पिएसए र जिङ्गलहरु तयारी र छायाङ्कन गरी लोकल एफएमहरुबाटसमेत प्रशारण गर्ने जनाइएको छ । अन्तर्वार्ता, परिसम्बाद रेकर्ड तथा विकास गरि २२ गते प्रशारण गर्ने, रेडियो परिसम्बाद कार्यक्रम तयार गरी २१ गते रेडियो नेपालवाट वेलुकी ७ वजेको समाचार पछि प्रसारण गर्ने र २२ गते मूल समारोहका दिन केन्द्रमा नेपाली भाषामा र अन्य स्थानमा स्थानीय भाषामा परिसम्बाद कार्यक्रम प्रशारण गर्ने तयारी गरेको जनाइएको छ ।

सरसफाइ तथा बृक्षरोपण क्रियाकलाप सञ्चालन समितिले सवै कार्यालय परिसरहरुमा सरसफाइ सप्ताह, फलफुल सहितको बृक्षरोपण कार्यक्रम तीन विद्यालय प्राङ्गणमा ९बालमन्दीर मावि मध्यपुर ठिमीमा १८ गते, सरस्वती मावि गोदावरी, ललितपुरमा १९ गते, काठमांडौमा उग्रतारा मावि शंकरापुरमा २० गते गर्ने तयारी भएको जनाइएको छ । यस्तै, कर्मचारीहरुवाट रक्तदान २० गते विहान ९ बजे शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा गर्ने र सवै कार्यालय परिसरमा गमला लगायतको स्थानमा सिजनल फुलहरु रोप्ने काम २१ गते गर्ने तयारी गरेको छ ।

सहक्रियाकलाप तथा सांस्कृतिक कार्यक्रम सञ्चालन समितिले १९ गते साक्षरता सम्बन्धि विषयमा लोकदोहोरी गर्ने र जनता टिभीवाट २१,२२,२३ गते प्रशारण गर्ने, महिला विद्यालय९अनौपचारिक प्रौढ विद्यालय० का सहभागिहरुवीच प्रतियोगिता हुनेगरी भक्तपुरमा १८ गते निवन्ध प्रतियोगिता र १९ गते ललितपुरमा वादविवाद प्रतियोगिता गर्ने तयारी भएको जनाइएको छ । यस्तै, १५ गते काठमाडामा कविता प्रतियोगिता सम्पन्न भइसकेको जनाइएको छ । भाद्र २२ गते शिखरापुर सासिके फर्पिङ्को नेतृत्वमा झाँकी र्याली प्रदर्शन गर्ने तयारी भएको छ ।

यसैगरी स्टल, मञ्च तथा प्रदर्शनी व्यवस्थापन समितिले मूल समारोह स्थलमा २२ गते साक्षरता र शिक्षा सम्बद्ध संस्थाहरुको स्टल प्रदर्शनी, साक्षरतामा कार्यगर्ने, जिल्ला घोषणामा योगदान पुर्याउने व्यक्तिलाई प्रमाणपत्र प्रदान, अनौपचारिक प्रौढ विद्यालय (महिला विद्यालय) बाट एसर्इर्इ परीक्षामा सहभागि गराइ १० औं वर्ष पुर्याएको उपलक्षमा संस्थालाई सम्मान पत्र प्रदान गर्ने कामको तयारी गर्ने जनाइएको छ । स्टल प्रदर्शनीको मूल्याङ्कन तथा सहभागि र उत्कृष्टहरुलाइ प्रमाणपत्र वितरण व्यवस्थापन को काम पनि यस समितिले गर्ने जनाइएको छ ।

Loading...