भोलि सार्वजनिक विदा

काठमाडौं, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा ९बकर इद०को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचार, सुख र शान्तिको अभिवृद्धिको कामना होस् ।’

उलने इद हर्षोल्लाससाथ मनाउन आग्रह गरेका छन् ।

प्रदेश ५ मा पनि विदा

त्यसैगरी प्रदेश नम्बर ५ ले पनि सार्वजनिक विदा दिएकाे छ । प्रदेश ५ ले एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा सार्वजनिक विदा दिने जनाएकाे छ ।

बकर इदकाे अवसरमा संघीय सरकारले भने अाइतबार साँझ ७ बजेसम्म  कुनै विदाकाे निर्णय गरेकाे छैन । संघीय सरकार गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले साँझ सात बजे कुरा गर्दा अहिलेसम्म विदाकाे निर्णय नभएकाे बताए । उनले प्रदेश सरकारहरुले भने स्थानीय पर्वका अवसरमा पाँच दिनसम्म विदा दिन पाउने मन्त्रिपरिषदले निर्णय गरेकाे जानकारी दिए । साेही अनुसार इस्लाम धर्मालम्वीहरुकाे वाहुल्यता भएका प्रदेशले विदा दिएकाे उनकाे भनाइ छ । 

Loading...