भक्तपुर । भक्तपुरको दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सब-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको हो ।
२०५१ सालदेखि सरकारी सेवा सुरु गरेका पौड्यालले २०८० सालसम्म पुग्दा, तलब, भत्ता, र कानुनी स्रोतबाट जम्मा २ करोड ५८ लाखको आय देखाएका थिए।
तर जब अख्तियारले अनुसन्धान ग¥यो, त्यही अवधिमा उनको खर्च करिब ६ करोड २२ लाख पुगेको अख्तियारले जनाएको छ ।
उनको लगानी, घरजग्गा खरिद, गाडी, सुन, र रेष्टुरेन्टसम्म उनले हात हालेका र उनको अदानी भन्दा खर्च ३ करोड ६३ लाख बढी पाइएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।
अख्तियारले पौड्यालले पदको दुरुपयोग गरी कमाएको सम्पत्ति आफ्नी पत्नी विष्णुमैया पौड्यालको नाममा राखेका थिए।
यही आधारमा अब विष्णुमैयालाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताएका छन् ।