नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित

काठमाडौ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा उमेश स्थापित निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न तेस्रो सम्मेलनले स्थापितलाई अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न सम्मेलनले उमेश स्थापितको अध्यक्षतामा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको निवर्तमान महासचिव देवेन्द्र श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सभा सदस्य समेत रहेका महासचिव श्रेष्ठले […]

प्रहरीले निकाल्यो इन्स्पेक्टर परीक्षाको अन्तिम नतिजा

काठमाडौ । नेपाल प्रहरीले प्रहरी निरीक्षक पदका लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साझ अन्तिम नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा : ins-final_result_notice-2082-01-07

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ : प्रधानमन्त्री

(प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाख, २०८२ मा पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गरेको सम्बोधनका आधारमा उनको स्वकीय सचिवालयले तयार पारेको लेख यहाँ प्रस्तुत गरिएको छ ।) आज खुशीको कुरा हो । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुशीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ […]

निरंकुशताको उद्देश्यले गरिने कार्य आन्दोलन होइन, अपराध हो : प्रचण्ड

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्नुहुँदै उक्त विचार प्रस्तुत गरेका हुन्। उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन […]

कति कमजोर रहेछ भाग्य भन्न दीप श्रेष्ठ भक्तपुर आउने

भक्तपुर । दीप श्रेष्ठलाई नसुन्ने मानिस कमै होलान । नेपाली संगीतका सुप्रसिद्ध गायक तथा संगीतकार श्रेष्ठ आफ्ना कालजयी गीत सुनाउन भक्तपुर आउने भएका छन् । बैशाख २० गते शनिबार श्रेष्ठले भक्तपुरमा एकल गायन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको आयोजक भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए । सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने सो कार्यक्रममा वरिष्ठ गायक […]

गर्मीको चरम जोखिममा रहेका जिल्ला

प्रकाश रेग्मी

जसरी ९९ डिग्री सेल्सियसमा पानी उम्लँदैन तर ९९ डिग्री सेल्सियस तापक्रमको पानीमा १ डिग्री सेल्सियस मात्र अतिरिक्त ताप थप्दा पानी उम्लन्छ। अर्थात् १ डिग्री सेल्सियसको परिवर्तनले पानीको गुण र स्वरुपमा ठूलो परिवर्तन गर्दछ। ठिक वायुमण्डलमा पनि यस्तै परिवर्तन हुन्छ। परिचय अप्रिल १५, २०२५ को सिएनएनको अनलाइन पोर्टलको समाचरमा ‘भारत र पाकिस्तानमा बढेको चरम गर्मीको लहरले […]

प्रधानमन्त्रीले गरे देउवा र प्रचण्डसंग परामर्श, के भयो कुरा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायको विषयमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री […]

राप्रपालाई सरकारको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि वैशाख ७ गते तोकेको विरोध कार्यक्रमबारे सार्वजनिक समाचार र अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको उल्लंघन हुने तथा समाजमा अशान्ति फैलाउने किसिमका कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। मन्त्रालयले कानून विपरीत हुने कुनै पनि […]

पत्रकारद्वय पौडेल र आचार्यलाई कानुन पत्रकारिता पुरस्कार

काठमाडौ । पत्रकार किरण पौडेल र सुदर्शन आचार्य कानुन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल बार एसोसियसनले पत्रकार पौडेल र आचार्यलाई नगद र कदर पत्र सहित पुरस्कृत गरेको हो । नेपाल बार एसोसियसनको वार्षिक साधारण सभा तथा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण कार्यक्रमकाबीच उनीहरु पुरस्कृत भएका हुन् । वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्ण […]

चराको गुँड बनाउन सहयोग गर्दै मध्यपुर थिमि नगरपालिका

भक्तपुर । आधुनिक भवन निर्माणसंगै चराचुरुङ्गीको बासस्थान घट्दै गएकोप्रति मध्यपुर थिमि नगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरपालिकाले चरा संरक्षणका लागि चरामैत्री बासस्थान अर्थात् उनीहरूका लागि गुँड बनाइदिन शुरु गरेको हो । चरा संरक्षण अभियानका अभियन्ता बाबुकाजी श्रेष्ठ लगायतको पहलमा नगरपालिकाले चराको लागि बासस्थान बनाउन सहयोग गरेको नगर प्रमुखका स्वकीय सचिव पवन सिबन्जा श्रेष्ठले बताएका हुन् […]