काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ ।
रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ।
यातायात दुबैतर्फ खुलेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मिनबहादुर घलेले जनाएका छन् । मंगलबार दिउँसो १ बजेबाट यातायात सुचारु भएका उनले बताए ।