बुद्धशरण शाही, काठमाडौँ । नेपाल एकायन कराते संघ साँखु शाखाको आयोजनामा शंखरापुर नगरपालिका–५ स्थित प्रथम शंखरापुर उपत्यकाव्यापी एकायन कराते प्रतियोगिता २०८२ सोमबार सम्पन्न भएको छ। प्रतियोगिता शंखरापुर नगरपालिका–३ जहरसिंह पौवास्थित कभर्डहलमा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रम शाखा प्रमुख विनिता थिङको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, केन्द्रीय सल्लाहकार विरकृष्ण श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष सूर्य बहादुर तामाङ, वरिष्ठ प्रशिक्षक एवं सल्लाहकार राम विष्ट, नगर खेलकुद विकास समिति शंखरापुरका अध्यक्ष श्रीराम श्रेष्ठ, शिलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ, वेल्स सोतोकान करातेका अध्यक्ष प्रताप राउटलगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक नविन कुमार नापितको संयोजकत्वमा आयोजित प्रतियोगितामा १३५ जना महिला तथा पुरुष कराते खेलाडीहरूको सहभागिता थियो। प्रतियोगिता महिलातर्फ ६ र पुरुषतर्फ ८ गरी १४ तौल समूहमा सम्पन्न भयो।
महिला तर्फका नतिजा:
३० के.जी. मुनि: सविक्षा परियार (स्वर्ण), इन्दिरा थिङ (रजत), समिक्षा तामाङ (कास्य)
३५ के.जी. मुनि: रेखा रोकाया (प्रथम), अन्जु राई (द्वितीय), सुप्रिया के.सी. (तृतीय)
४० के.जी. मुनि: समृद्धि शाही (स्वर्ण), सुयना खड्का (रजत), हिस्मा तामाङ (कास्य)
४५ के.जी. मुनि: विपना घिसिङ (स्वर्ण), साहाना भुजेल (रजत), यमुना राई (कास्य)
५० के.जी. मुनि: सपना गोपाली (स्वर्ण), रेमिला राई (रजत), कृपा खड्का (कास्य)
खुला तौल समूह: विनिता थिङ (प्रथम), जानुका थिङ (द्वितीय), सुसी तामाङ (तृतीय)
पुरुष तर्फका नतिजा:
२५ के.जी. मुनि: लविन कार्की (प्रथम), अविशेक बस्नेत (द्वितीय), रिदम अधिकारी (तृतीय)
३० के.जी. मुनि: अरुण लामा (प्रथम), जस्टिन कार्की (द्वितीय), आयुष तामाङ (तृतीय)
३५ के.जी. मुनि: निरज बोहरा (प्रथम), नरेश रावत (द्वितीय), जेविसन थापा (तृतीय)
४० के.जी. मुनि: योगेश गुरुङ (प्रथम), उज्वल इङनाम (द्वितीय), गणेश विष्ट (तृतीय)
४५ के.जी. मुनि: सुजन तामाङ (प्रथम), विवेक तामाङ (द्वितीय), सृजन थापा मगर (तृतीय)
५० के.जी. मुनि: अनमोल श्रेष्ठ (स्वर्ण), पवन तामाङ (रजत), समिर बराम (कास्य)
५५ के.जी. मुनि: सुवास नेपाली (स्वर्ण), पुष्कर रोकाया (रजत), प्रविण आले मगर (कास्य)
खुला तौल समूह: विवेक रोकाया (प्रथम), मनिष राई (द्वितीय), सुमन तामाङ (तृतीय)
विजयी खेलाडीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिएको थियो। सहभागी सम्पूर्ण खेलाडी र खेल पदाधिकारीहरूलाई पनि सहभागिताको प्रमाणपत्र दिइएको थियो।
निर्णायक मण्डल:
मुख्य निर्णायकमा किशोर तामाङ र रुपेश मगर रहेका थिए भने निर्णायकहरूमा विष्णुमान शाक्य, भरत धौलाकोटी, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, मनोज राजवाहक, उर्मिला विश्वकर्मा, आशिष घिमिरे, राजेन्द्र तामाङ, सुरेश कुमार तामाङ, उज्वल विष्ट र राजेश श्रेष्ठ रहेका थिए।