हेटौंडामा रेफ्री तालिम शुरु

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मकवानपुरको हेटौडामा सात दिने रेफ्री तालिम आजबाट सुरु भएको छ।

तालिमको उद्घाटन हेटौडा उपमहानगरपालिकाकी मेयर विनाकुमारी लामाले गरेकी छिन् ।

कार्यक्रममा एन्फा कार्यसमिति सदस्य टिका लामाको पनि उपस्थिति थियो। तालिमको संयोजन बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य अमृत लुम्बाले गरेका छन् ।

तीन महिलासहित ४१ जना सहभागी रहेको यस तालिममा प्राविधिक पक्षबारे कल्पना शर्मा, सचिन हमातिया र रोजन श्रेष्ठले प्रशिक्षण दिनेछन् भने शारीरिक पक्षको प्रशिक्षक भने वीरेन्द्रबहादुर पाण्डे रहने बताइएको छ ।