भारतमा चौकिदारको चमत्कार, ४८ वर्षपछि एकै दलको पूर्ण बहुमत, प्रतिपक्षीको मान्यता समेत नपाउने गरी झर्यो कांग्रेस

नयाँ दिल्ली । भारतीय लाेकसभाकाे निर्वाचनमा चाैकिदार शब्‍द निकै चर्चित बन्याे । अन्तत: निर्वाचनकाे परिणाममा त्यही चाैकिदारकाे चमत्कार देखिएकाे छ । चाैकिदार नरेन्द्र माेदीकाे नेतृत्वमा निर्वाचनमा उत्रेकाे भारतीय जनता पार्टीले ४८ वर्षपछि भारतमा २ पटक एकै पार्टीकाे एकल बहुमत हासिल गरेकाे छ । भारतमा ४८ वर्षअघि सन् १९७१ मा इन्दिरा गान्धीकाे नेतृत्वमा कांग्रेसले २ पटक […]

प्रहरीले गोली हानेर विप्लवका कार्यकर्ताको हत्या

काठमाडौं । प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता  तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी  हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा भोजपुरले जनाएकाे छ । नेकपाका भाेजपुरका […]

बारबर्दियामा ‘सिकल सेल’ नियन्त्रणको मोडल अभियान

बर्दिया, ७ जेठ । थारु समुदायमा आतंक बनेको सिकल सेल एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले नेपालमा पहिलो पटक ठूलो पाइलट प्रोजेक्ट सुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलो पटक ‘सिकल सेल’ रोग सम्बन्धी अभियान सञ्चालन गरेको हो । उक्त नगरपालिकाका मेयर दुर्गाबहादुर थारु ‘कविर’ले आफैले पहल गरेर एक वर्ष अघि […]

एकैरात खुकुरीले हानेर ९ जनाको विभत्स हत्या

फिदिम । पाँचथरमा भयानक घटना घटेको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी हत्या भएको हो । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्ने क्रममा १ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि […]

नयाँ बसपार्कमा निजी कम्पनीको यस्तोसम्म ब्रह्मलुट, यात्रुप्रतिक्षालयदेखि मल नै बेचियो

काठमाडौं । नेपालकै व्यवस्थित बस स्टेशन बनाउने भनेर थालिएको बालाजुको नयाँ बसपार्क अहिले दिनदहाडै लुटपाट गर्ने स्थल बनेको छ । यहाँ देशभर जाने यात्रुहरु जाने आउने गर्छन । समृद्ध नेपाल बनाउने घोषणा गरेको सरकारले देशको एक मात्र बसपार्कलाई पनि व्यवस्थित गर्न सकेको छैन । बसपार्कलाई व्यवस्थित नगरेको मात्र होइन, यहाँ भइरहेको ‘लुटपाट’लाई रोक्न पनि कुनै […]

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संसद घेराउ गर्न बानेश्वर पुगे पत्रकारहरु

काठमाडौं, ३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध पत्रकारहरुले संसद भवन घेर्ने कार्यक्रम अगाडि बढाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा संसद भवन घेराउ गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले नयाँ बानेश्वर चोकभन्दा अगाडि नै रोकेपछि त्यही कोणसभा गरिएको छ । सरकारले प्रेसलाई नियन्त्रण गर्ने र कडा दण्ड सजाय दिने लगायतका प्रावधानहरु राखेर मिडिया काउन्सील […]

मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे । आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले […]

सरकारले प्रेस स्वतन्त्रतामाथि ‘कू’ गर्न खोजेको कांग्रेसको आरोप

काठमाडौं, २९ बैशाख । सरकारले प्रेस स्वतन्त्रतामाथि कू गर्ने उद्देश्यका साथ मिडिया काउन्सील सम्बन्धी विधेयक ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ । नेपाली कांग्रेसले लामो समयपछि आफ्नै केन्द्रीय कार्यालयमा पत्रकारहरु बोलाएर मिडिया कानुनका बारेमा बोलेको हो । आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘यो […]

कौडीको मुल्यमा नयाँ बसपार्क कब्जा गरी ब्रह्मलुट मच्चाउने लोत्सेमाथि किन बोल्दैन ओली सरकार

काठमाडौं । जताततै भूमाफियाहरुले सरकारी जग्गा कब्जा गरेको समाचार आइरहेकै वेला सरकारले बसपार्कका लागि अधिग्रहण गरेको जग्गा दीपक कुँवरको लोत्से बहुउद्देश्यीय प्रालिले कब्जा गरी मनपरी संरचना निर्माण गरिरहेको अर्को समाचार बाहिर्रिएको छ । सरकारले जनतासँग अधिग्रहण गरेको र जापान सरकारले बनाइदिएको नयाँबसपार्क काठमाडौं महानगरपालिकाले दीपक कुँवरलाई ब्यापार गर्न कौडीको मूल्यमा ३० बर्षका लागि दिएको खुल्न […]

लोकसेवामा ११ हजार बढी दरवन्दी खुल्दै

काठमाडौँ । लाेकसेवा आयाेगले ११ हजार भन्दा बढी दरवन्दीका लागि विज्ञापन आह्वान गर्ने भएकाे छ । विभिन्न स्थानीय तहमा रहेका रिक्त दरवन्दी पूरा गर्नका लागि याे विज्ञापन आह्वान गर्ने तयारी भएकाे हाे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ९७ हजार ५३० दरबन्दी रिक्त रहेकाे जनाएकाे छ । ती रिक्त पद पूर्ती गर्न  […]