कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक

Krishnaprasad Sharma

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]

माओवादी केन्द्रले भक्तपुरका सबै नगरमा बैशाख २५ भित्र नयाँ नेतृत्व छान्ने

भक्तपुर । नेकपा (माओवादी केन्द्र) ले भक्तपुर जिल्लाका सबै पालिकामा नयाँ नेतृत्व चयन गर्ने भएको छ । बैशाख २५ गतेभित्र सबै नगरमा सम्मेलनमार्फत नयाँ नेतृत्व चयनको तयारी गरिएको हो । भक्तपुर नगर समितिको क्यालेन्डर बिमोचन गर्दै जिल्ला संयोजक सुनिल गोठे बासुले २५ गतेभित्र सबै पालिकामा सम्मेलन सम्पन्न हुने र नयाँ नेतृत्व चयन हुने जानकारी गराए […]

यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति

काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]

आन्दोलनरत शिक्षक र सरकारबिच यस्तो सहमति

काठमाडौ । विगत २९ दिनदेखि सडक आन्दोलन गर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि सहमति भएको हो। शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार भएको ९ बुँदे सहमति मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसंगै सार्वजनिक भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको […]

माधव नेपालले प्रधानमन्त्रीलाई बुझाए मागपत्र, बालुवाटारमा बिताए १ घण्टा

काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक र सामाजिक सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई मागपत्र बुझाएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटेर मागपत्र बुझाएका छन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित उक्त मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति […]

नक्कली पत्रले थुनामा पुर्याइएका रेशम रिहा

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आज सर्वोच्च अदालतको आदेशमा कैद भुक्तान गर्नुपर्ने भन्दै पक्राउ गरिएकोमा तत्काल अर्को पत्रका आधारमा कारागार मुक्त गरिएको छ । उनलाई आज काठमाडौंको प्रज्ञा भवनमा आयोजित नाउपा र जनमत पार्टीबीचको एकीकरण घोषणा सभाको दिन पक्राउ गरि डिल्लीबजार कारागार चलान गरिएको थियो ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) […]

यी हुन् ट्रम्पले सय दिनमा भेटेका सत्र नेता

न्यूजकारखाना, काठमाडौं । आफ्नो कार्यकालको पहिलो १ सय दिनमा अमेरिकन राष्ट्रपति ट्रम्पले मिसिगन राज्यमा पुगेर आफ्नो सरकारको प्रगतिका बारेमा कुराकानी गरेका छन् । आफ्नो दोस्रो कार्याकालको १०० औं दिनको अवसरमा मन्तब्य दिनु अघि उनले क्यानडाका प्रधानमन्त्री कार्नी र अमेजनका मालिका जोसेफसँग टेलिफोन बार्ता गरेका थिए । यस सय दिनको अबधीमा ट्रम्पले ३३ सार्वजनिक अन्तराष्ट्रिय नेताहरूसँग […]

कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो

चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् । कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे । १५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग […]

सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन। यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि […]

सहमति नजिक शिक्षक र सरकार, स्वरुप फेर्ने तर आन्दोलन नरोक्ने महासंघको अडान

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार राति भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेसंगै मंगलबार निर्णयक वार्ता हुने भएको छ । केही तयारी बाँकी रहेकाले पूर्ण सहमति नभए पनि दुवै पक्ष सहमतिनजिक पुगेका छन्। शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीबीच भएको वार्तामा मंगलबार निर्णायक टुंगो लगाउने सहमति […]