भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]
ननस्टप विशेष
बालुवाटारमा नवनियुक्त राज्यमन्त्रीको सपथ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् । कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्च पधिकारीलगायतको उपस्थिति रहेको प्रधानमन्त्रीका प्रेस […]
मोटरसाइकलमा सवार बाबुछोरीको निधन
सञ्जय मिश्रा, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको ज्यान गएको छ। हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आइतबार बिहान करिब सवा ६ […]
मण्डनदेउपुरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ […]
एकथान टेलीफोन लिन मन्त्रीको सिफारिस लिनुपर्ने दिन गए : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक थान टेलिफोन लाइन लिन मन्त्रीको सिफारिस चाहिने दिन गएका बताएका छन् । ब्यवस्था बदलियो अवस्था बदलिएन भन्ने हरुले यो कुरा राम्ररी बुझ्नु पर्ने उनले बताए । बिहीबार काठमाडौँमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा सडक, बिजुलीजस्ता पूर्वाधार विस्तार […]
कलिंगा विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्यु भएको छ। वीरगन्ज, पर्साकी बासिन्दा र कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा साह बिहीबार साँझ आफ्नो छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्। भुवनेश्वर-कटक प्रहरी आयुक्त एसडि सिंहको हवाला दिदै भारतीय सञ्चार माध्यमले मृत्यु भएको पुुुष्टि गरेका छन् । प्रारम्भिक अनुसन्धानमा […]
खोटेहाङमा रास्वपा सभापति र एमाले नेताहरुसहित ठूलो समूह माओवादी केन्द्रमा समाहित
खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी, खोटेहाङ गाउँ पार्टी सभापति प्रदिप आचार्यको नेतृत्वमा पालिका समिति नेकपा (माओवादी केन्द्र) मा समायोजन भएको छ । त्यसैगरी, नेकपा एमाले गाउँ पार्टी सचिवालय सदस्य प्रकाश कटुवाल र वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य किरण चाम्लिङ्ग राई लगायत ३ दर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् […]
मजदुरको सेवा शुल्क हटाउदा प्रचण्ड असन्तुष्ट, निर्णय उल्टाउदै गए प्रतिरोध आन्दोलन गर्ने
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मजदुरको १० प्रतिशत सेवाशुल्क अदालतले खारेज गरेकोप्रति असन्तुष्टि जनाएका छन् । बिहिबार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियन महासंघले आयोजना गरेको १३६ औं अन्तराष्ट्रिय मजदूर दिवसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मजदुरहरुको अधिकार पुनःप्राप्ति नभए संघर्ष चर्काउने चेतावनीसमेत दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्धले श्रमिक तथा गरिखाने वर्गको हक–अधिकार […]
सूर्यविनायक नगरपालिकाले बनाइदियो ट्राफिक सचेतना कक्ष
राजेशमान मानन्धर, भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित ‘ट्राफिक सचेतना कक्ष’को सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् । सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ६ स्थित कार्यालय परिसरमा निर्मित सचेतना कक्षको बिहीबार प्रमुख थापाले उद्घाटन गरेका हुन् । सो कक्ष उद्घाटन गर्दै नगर प्रमुख थापाले ट्राफिक कार्यालयले सचेतना कक्ष निर्माणका लागि […]
निजी अस्पतालमा लुट, पाँच रुपियाँ पर्ने इन्जेक्सनको एक सय
मुकेश कुमार यादव, सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो। मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम […]











