भक्तपुर । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर अध्यक्षमा राकेश सुवाल दोहोरिएका छन् । मंगलबार सम्पन्न तेस्रो नगर सम्मेलनले सुवालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा तत्कालीन अन्तरिम संसदमा सांसद समेत रहेकी नारायण देवी श्रेष्ठ निर्वाचित भएकी छन् भने अन्य उपाध्यक्षहरुमा नारायण सुन्दर त्वयना र बिकास लाखे निर्वाचित भएका […]
ननस्टप विशेष
घर झगडाले गयो जोईपोइकै ज्यान
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी […]
रगत तान्न, रिपोर्ट लिन र बच्चालाई खोप लगाउन समस्या भएको गुनासो
पोखरा । एचआईभी संक्रमित जनजाति महिलाहरूले आफूहरूको सबै समस्या वर्षौंदेखि कागजमा थन्क्याइएको भन्दै आक्रोश पोखेका छन् । उनीहरूले एचआईभी एड्सको क्षेत्रमा कार्यरत सरकारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफूहरूको समस्या संकलन गर्ने, तर ती समस्याको समाधानमा ध्यान दिने नगरेको गुनासो गरे । एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको सुरुवातले कास्कीको पोखरामा आयोजना गरेको एचआईभी संक्रमित […]
भक्तपुरका सूचना अधिकारीहरुलाई सूचनाको हकबारे अभिमुखीकरण
भक्तपुर । भक्तपुर जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचनाको हकबारे अभिमुखीकरण गरिएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा मंगलबार ‘सूचनाको हक संरक्षणमा सूचना अधिकारीको भूमिका’ विषयक अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त रत्नप्रसाद मैनालीले नागरिकले मागेको सूचना दिनु सूचना अधिकारीको काम र कर्तब्य भएको भन्दै त्यसमा आलटाल […]
नेपाली सेनालाई चाहियो शिक्षक, हेर्नुस् सूचना
काठमाडौं । नेपाली सेनाले २ कर्मचारी र ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सूचना जारी गर्दै देशभरका विभिन्न सैनिक विद्यालयका लागि सेनाले शिक्षक र कर्मचारी माग गरेको हो । सैनिक कल्याणकारी निर्देशनालयद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार, शिक्षक तथा कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीअनुसार पारिश्रमिक उपलब्ध गराइनेछ। उनीहरूलाई करार सेवामा नियुक्त गरिनेछ । […]
मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित
भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]
प्रहरी बृत्त थिमिका प्रमुख भन्छन् – पत्रकार भनेका ऐना हुन्
भक्तपुर । पाँच दिन अघि जिल्ला प्रहरी बृत्त थिमिको प्रमुखमा पदबहाली गरेका डिएसपी नवराज ढुङ्गानाले पत्रकारसंग भेटघाट गरेका छन् । सोमबार पत्रकार संग कुराकानी गर्दै डिएसपी ढुङ्गानाले शान्ति सुरक्षालगायतका विषयमा पत्रकारिता जगतको उल्लेखनीय भूमिका रहने बताएका छन् । उनले पत्रकारलाई ऐनाको रुपमा आफूले बुझ्ने बताए । पत्रकार समाजको ऐना भएका भन्दै उनले पत्रकारिता मार्फत बृत्तको […]
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण ढिलाइबारे प्रधानमन्त्रीको चासो
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका […]
प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न ‘माफियाका लागि विधेयक, भूमिहीनलाई किन बेवास्ता?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकार बेवास्ता गरेर माफियामैत्री नीति अघि बढाएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बोल्दै प्रचण्डले भने, “सरकारको ध्यान विचौलिया र माफियाहरुको सेवामा केन्द्रित भएको देखिन्छ।” एउटा इगो पुरा गर्न लोकलाई लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाएको सरकारले कुलमानलाई समर्थन गरेको झोंकमा […]
खानेपानी समस्याले बसाइँ सर्नुपर्दैन : मन्त्री यादव
ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीका घरघरमा सुरक्षित खानेपानी पुर्याउने सरकारको दृढ संकल्प रहेको बताएका छन्। शनिबार इलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीकै अभावमा कतिपय ठाउँमा मानिसहरूलाई बसाई सर्नुपर्ने अवस्था अन्त्य गरिने स्पष्ट पारे। “अब नागरिकलाई बस्ती सार्नुपर्दैन, अधुरा आयोजना पूरा गरेर सबैलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउँछौँ,” मन्त्री […]











