ललिता साह जेठ ८ सप्तरी । हनुमाननगर जेल ब्रेक क्रान्तिमा सीमावर्ती क्षेत्रको नागरिकले दोहोरो सहयोग गरेर नेपाल भारतको भाइचारा, रोटीबेटीको सम्बन्धलाई थप उचाईमा पुऱ्याउन महत्पूर्ण भूमिका खेलेको पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले बताए ।
भारतीय राष्ट्र काँग्रेस पार्टी मध्येकै सामाजिक क्रान्तिको बैचारिक विचारधारा भएका जय प्रकाश नारायण , राम मनोहर लोहिया लगायतले भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालको सहयोग खोजेको थियो। जसको उपज हनुमाननगर जेल ब्रेक क्रान्ति हुन गयो ।
सोही कालखण्डमा नेपालको राणा विरोधी आन्दोलन र भारतमा इष्ट इन्डिया शासकलाई भारत छोड आन्दोलनलाई दुई देशकै जनता सप्तरीबासीले जनस्तरबाट सम्बन्धको भूमिकामा सहयोग गरेका थिए ।
हनुमाननगर जेल ब्रेक क्रान्ति भएको ठाउँलाई राज्यद्वारा ऐतिहासिक अवलोकन स्थलको रूपमा संग्रहालय निर्माण गर्न पनि कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
हनुमाननगर जेल ब्रेक काण्डको चर्चा तथा पूनरावलोकन गर्दै गरिएको दुई देशको जनसम्बन्ध एकता कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन् । प्राध्यापक डाक्टर पिताम्बरलाल यादवले हनुमाननगर जेल ब्रेक काण्डको ८२ वर्षको इतिहास स्मरण गराएका थिए ।
नेपाली काँग्रेसको नेतृत्वमा यहाँको हरेक नागरिक ,व्यापारी, राजनैतिक दल सबैले योगदानले नेपालमा राणा विरोधी आन्दोलन,जेल ब्रेक काण्ड भएको थियो ।तत्कालिन समयमा सप्तरीको सुरुङ्गामा संचालनमा ल्याइएको ‘आजाद दस्ता ‘ प्रशिक्षण केन्द्र रहेको स्थललाई स्थानीय सरकारले ऐतिहासिक स्थलको रूपमा संरक्षण गर्न नेपाली काँग्रेसका नेता इर्साद अंसारीले सुझाएका छन् ।
भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालको योगदानबारे भारत र नेपालको पाठयक्रममा पढाई हुनुपर्ने पहल गर्न अधिवक्ता हरेराम यादवले सुझाएका छन ।
नेपालको एकल शासकले सप्तरीको विकास चाहेको छैन ‘ स्थानीय नेता दिपेन्द्र चौधरीले भने ।
भारतीय सरकारद्वारा संचालित पुराना योजना फर्छयौट नगरेको कारण देखाउँदै भारतीय राजदुतावासद्वारा सप्तरी ब्ल्याकलिस्ट गरिएकोप्रति सप्तरीवासीले चिन्ता व्यक्त गरेका छन्
राजनैतिक सामाजिक सबै क्षेत्रमा दुई देशको सम्बन्ध रहेको डाक्टर वबी सिंहले भने ।प्राध्यापक डाक्टर शुशिल कर्ण भन्छन – १९४२मा भारत छोडो आन्दोलन र नेपालमा जहानिया राणा शासन विरुद्धको आन्दोलन चल्दै गर्दा दुई देशको आन्दोलन पक्षबीच समान समस्यामा बराबरको जनसम्बन्धले जेल ब्रेक घटना सफल भएको थियो । १९५०को सन्धि पनि जेल ब्रेक घटनाकै उपलब्धी हो ।
भारतीय स्वतन्त्रता आन्दोलनमा निस्वार्थ भावले सहयोग गरेको सप्तरीलाई भारतले अवहेलना गरेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण मंडलले गुनासो गरेका छन् ।
सप्तरीको इतिहास , संस्कृति, पर्यटन, विकासमा एकताबद्ध भएर जुट्न जरूरी रहेको उनले भने । हराउँदै गएको पठन संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले लगानी गरेर सप्तरी र मधेशको इतिहास वर्तमान पुस्तालाई जानकार बनाउन आवश्यक रहेको कार्यक्रमका संयोजक तथा नेपाल भारत जनमैत्री एकता मंचका अध्यक्ष पूर्वमन्त्री उमेश कुमार यादवले बताए ।