कालिका नगरपालिकामा विद्यालय खोल्ने सहमति भएको भन्दै भ्रम फैलाइयो

चितवन । चितवनको कालिका नगरपालिका अन्तर्गतका विद्यालय खोल्न कुनै सहमति नभएको स्थानीय शिक्षक संघ संगठनले स्पष्ट पारेका छन् । कालिका नगरपालिकामा शिक्षकहरु विद्यालय खोल्न सहमत भएका भन्दै भ्रम छर्न खोजिएको प्रति उनीहरुले आपत्ति पनि प्रकट गरे । १५ गतेदेखि विद्यालय सञ्चालन गर्न पालिकाले आग्रह गरेपछि त्यसो गर्न नसकिने जानकारी गराउन पुगेका शिक्षक नेताहरु र प्रधानाध्यापकसंग […]

सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन। यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि […]

सहमति नजिक शिक्षक र सरकार, स्वरुप फेर्ने तर आन्दोलन नरोक्ने महासंघको अडान

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार राति भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेसंगै मंगलबार निर्णयक वार्ता हुने भएको छ । केही तयारी बाँकी रहेकाले पूर्ण सहमति नभए पनि दुवै पक्ष सहमतिनजिक पुगेका छन्। शिक्षामन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीबीच भएको वार्तामा मंगलबार निर्णायक टुंगो लगाउने सहमति […]

सेवाघरमा आश्रितसंग दु:ख साट्दै दिपशिखाले मनाए जन्मदिन

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले मानव कल्याण समाज (सेवाघर)मा आश्रितहरुसंग दु:ख साट्दै आफ्नो जन्मदिन मनाएका छन् । उनीहरूलाई खाद्यान्न सहयोगसहित बेलुकाको भोजन स-प्रेम अर्पण गर्दै उनले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । भक्तपुरको मध्यपुर थिमि-३ का स्थायीबासी बनिसकेका दिपशिखा र उनकी पत्नी गाेमा आलेले भक्तपुरकै चाँगुनारायण-३ […]

चाँगुनारायणमा स्वच्छ हावा सञ्जालको साधारणसभा सम्पन्न

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सक्रिय नगरस्तरीय स्वच्छ हावा प्रवर्द्धन सञ्जालले आफ्नो पहिलो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सञ्जालले वार्षिक समीक्षा सहित वातावरणीय क्षेत्रमा गरिएको गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो। सञ्जालकी सचिव सोनु खड्काले नगर क्षेत्रभित्रको वातावरणलाई स्वस्थ र स्वच्छ बनाउने उद्देश्यले सञ्जालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्। […]

हल्दीराम भुजिया मसला बिना लेवल बजारमा

काठमाडौ । डीभी ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित एफएमसीजी इम्पोर्ट एण्ड डिस्ट्रीब्युसन कम्पनी विश्वनाथ ट्रेड हाउसले (लेवल)  नराखी खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हालैको अनुगमनमा विश्वनाथ ट्रेड हाउसले हल्दीराम भुजिया मसला बिना लेवल बजारमा विक्री गरेको भेटिएको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ […]

शिक्षक आन्दोलनको क्रममा घाइते पत्रकारको तत्काल उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनको रिपोटिङका क्रममा आइतबार बानेश्वरमा घाइते भएकी पत्रकार सबिना कार्कीलाई तत्काल उद्धार गरी थप उपचारका लागि नजिकको अस्पताल पुर्‍याउन सहयोग गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत मालीगाउँमा कार्यरत प्रहरी सहायक हवल्दार (प्र.स.ह.) तारा बहादुर घर्तीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पुरस्कार सहित सम्मान गरिएको […]

पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्

ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]

कीर्तिपुरकी महर्जनलाई वर्ल्डलिंकले दियो आइफोन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नेपालभर १० लाख घरधुरीमा इन्टरनेट जडानको ऐतिहासिक उपलब्धिको अवसरमा १० जना भाग्यशाली ग्राहकलाई आइफोन १६ उपहार प्रदान गरेको छ। सोही क्रममा कीर्तिपुरबासी एक सेवाग्राहीले पनि सो पुरस्कार पाएका शाखा प्रवन्धक युरेक पोखरेलले बताएका छन् । उपहार प्राप्त गर्ने भाग्यशाली ग्राहकहरूमध्ये कीर्तिपुर शाखाका प्रयोगकर्ता श्यामदेवी महर्जन छन्, […]

निर्देशक खानमाथि अभिनेत्रीको यस्तो आरोप

न्यूजकारखाना, मुम्बई । बलिउडका चर्चित निर्देशक साजिद खान बारम्बार विवादमा पर्ने गरेका छन् । हालै  ‘इश्कबाज’ र ‘मिले जब हम तुम’ जस्ता शोमा देखिएकी अभिनेत्री नवीना बोलेले साजिदको बारेमा केही चकित पार्ने खुलासा गरेकी छन्।  अभिनेत्रीले साजिदलाई ‘फोहोरी मान्छे’ भनेकी छिन् र उनले फिल्म उद्योगका अन्य व्यक्तिहरूसँग मिलेर धेरै महिलाको अपमान गरेको बताइन् । बोलेले […]