युवामा सीप विकास गर्न भक्तपुरमा श्रृङ्गार सम्बन्धी तालिम सम्पन्न

Youth eco nepal

भक्तपुर, ११ जेठ । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजना र मतिना स्टुडियो (Matina Studio) को सह-आयोजनामा श्रृङ्गार सम्बन्धी एकदिने आधारभूत तालिम सम्पन्न भएको छ ।

भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा सम्पन्न सो तालिममा १८ वर्ष देखि ३० वर्ष सम्मका २७ जना युवा महिलाहरूले तालिम लिएका छन् ।

Bridal Makeup, Party Makeup तथा Self Makeup सम्बन्धी एकदिने आधारभूत कार्यशाला तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजक युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलले बताएका छन् ।

अध्यक्ष आकाश गजुरेलको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा प्रमुख सल्लाहकार नरेश रञ्जितले युवाहरूलाई उद्यमशील र स्वरोजगार बनाउन यस्ता तालिम उपयोगी हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रमको नेतृत्व तथा प्रशिक्षण मतिना स्टुडियोकी सिइओ तथा मेकअप आर्टिस्ट सुष्मिता फाँजूले गरेकी थिइन् ।

कार्यक्रमलाई सोफा उत्पादक तथा बितरक कम्पनी सोफा सिटी फर्निचर (Sofa City Furniture) भक्तपुरकी संचालिका राधिका ओझा भट्टद्वारा प्रायोजन तथा प्रवर्द्धन गरिएको युथ इको नेपालकी कोषाध्यक्ष सुदिपा घिमिरेले जानकारी गराइन् ।

उक्त कार्यशालामा सहभागीहरूले मेकअप सम्बन्धी आधारभूत सीप र ज्ञान प्राप्त गरेका थिए । कार्यक्रमले आत्मनिर्भरता र सीप विकासको अवसर प्रदान गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।