युथ इको नेपालको प्रयासले युवामा सकारात्मक रूपान्तरण ल्याउने सांसद श्रेष्ठको विश्वास

भक्तपुर । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजनामा एकदिने नेल आर्ट (नङ सजावट) कार्यशाला भक्तपुमा उत्साहजनक रूपमा सम्पन्न भएको छ।

यो कार्यक्रम मतिना स्टुडियो (Matina Studio) को मुख्य प्राविधिक सहयोग तथा ब्लेस्ड ब्यूटी एण्ड एकेडेमी (Blessed Beauty & Academy) सँगको सहकार्यमा कौसलटारमा शनिबार सम्पन्न भएको हो ।

Nail Art workshop
Nail Art workshop

कुनै सरकारी सहयोग बिना संस्थाले आफ्नै पहलमा गरेको यो एक महिनाको अवधिमा पाचौं कार्यक्रम भएको अध्यक्ष आकाश गजुरेलले जनाएका छन् । 

नङ सजावट कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी प्रदेशसभा सदस्य भुवन केशरी श्रेष्ठ भावनाले युवाहरूले स्वदेशमै रोजगार र उद्यमको अवसर खोज्नुपर्नेमा जोड दिइन् ।

Bhawana
Bhawana

युथ इको नेपालले सञ्चालन गर्ने युवामुखी कार्यक्रमहरूको खुलेर प्रशंसा गर्दै उनले यस्ता पहलले समाजमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरिन् ।

‘कतिपय सस्था कसले पैसा देला र काम गरौंला भनेर मुख बाएर बसेका हुन्छन्, युथ इको नेपालले आफै श्रोत जुटाइ सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेका देख्दा खुशी लागेको छ ।” उनले भनिन् ।

कार्यक्रमलाई मटिना स्टुडियोकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुस्मिता फाँजुले प्राविधिक सहयोग गरेकी थिइन्। उनले युवाको प्रतिभा उजागर गर्न र स्वरोजगारमा प्रोत्साहन गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताइन्।

कार्यशालामा ४६ जना सहभागीले नङ सजावटसम्बन्धी आधारभूत सीपदेखि व्यावसायिक ज्ञानसम्म सिक्ने अवसर पाएका थिए । कार्यशालापछि आफूहरूमा आत्मबिश्वास र सीप बिकास भएको सहभागीहरूले बताएका छन् ।

कार्यक्रम सञ्चालन युथ इको नेपालका अध्यक्ष आकास गजुरेलले गरेका थिए। सह–आयोजक सोफा सिटी फर्निचर (Sofa City Furniture) की प्रमुख राधिका ओझा भट्टले समेत कार्यक्रमलाई साथ दिएकी थिइन्।

कार्यक्रम सफल बनाउन ब्लेस्ड ब्यूटीकी प्रमुख अरीना तामाङ र मतिना स्टुडियोकी प्रशिक्षक सुस्मिता फाँजुले विशेष भूमिका खेलेका बताइएको छ ।

युथ इको नेपालका संस्थापक एवं सल्लाहकार नरेश रञ्जितले यस्ता सीप विकासमूलक कार्यक्रमहरूलाई देशभर विस्तार गर्दै लैजानपर्ने आवश्यकता औल्याएका छन् ।

युवाहरूलाई आत्मनिर्भर र देेेशमै काम गर्न सकारात्मक बनाउने हो भने सीपमूलक कार्यशालाहरू अझै व्यापक बनाउनुको बिकल्प नभएको उनले बताए ।

दक्ष युवालाई देशलाई खाचो रहेको र युथ इको नेपाल संस्थाले युवाको दक्षता बिकासमा योगदान गर्ने उनले बिश्वास ब्यक्त गरे ।