लिटल वर्ल्डमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस सेकेण्डरी स्कूलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गणमा एक विशेष समारोह आयोजना गरी स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

विद्यालयमा यो शैक्षिक सत्रमा भर्ना भएका १ सय ५ जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको विद्यालयका संस्थापक सदस्य एवं कार्यक्रमका संयोजक प्रभु यादवले जनाएका छन् ।

little world school
little world school

त्यसैगरी माध्यमिक शिक्षा उतीर्ण परीक्षामा सामेल भएका कक्षा १० का २८ जना विद्यार्थीलाई बिदाइ गरिएको यादवले बताए ।

little world school
little world school

कार्यक्रममा नयाँ विद्यार्थीलाई उपहार बितरण गरिएको थियो भने विदाइ भएकाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल उत्तर कुमार चबेगु र संस्थापक अध्यक्ष प्रकाश दुवालको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रमको अवसरमा विद्यार्थीहरुले नाचगानका साथै खेलकुद र प्रहसन लगायत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउने कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरु पुरस्कृत पनि भएका थिए ।

सो अवसरमा किन्डरकार्टन पार गरी कक्षा १ मा पुगेका विद्यार्थीलाई दीक्षान्त समारोह आयोजना गरी दीक्षित समेत गरिएको थियो ।

यस वर्ष कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई ‘दीक्षान्त समारोह’ मार्फत औपचारिकरूपमा दीक्षित गरिँदा अभिभावकहरू समेत भावुक र गर्वित देखिन्थे।

कार्यक्रमले विद्यालयको शैक्षिक र सहशैक्षिक गतिबिधिमा रहेको गहिरो प्रतिबद्धता झल्काएको कार्यक्रममा सहभागी शिक्षक, अभिभावक र विद्यार्थीहरू बताउँछन्।

little world school
little world school

कार्यक्रमले विद्यार्थीमा विद्यालयप्रति आत्मीयता र भावनात्मक सम्बन्ध थप प्रगाढ बनाएको विद्यालयका प्रिन्सिपल उत्तर कुमार चबेगुले विश्वास ब्यक्त गरे ।