भक्तपुरले पायो वाइसीएल बागमती प्रदेशको अध्यक्ष,यी हुन् समितिमा अटाएका अन्य नेता

भक्तपुर, जेठ ७ । नेकपा माओवादी केन्द्रको सहायक संगठन  वाईसियल नेपाल बागमती प्रदेशको प्रथम सम्मेलन भक्तपुरको थिमिमा सम्पन्न भएको छ।

संयोगवस सम्मेलनले भक्तपुरकै वाइसीएल इन्चार्ज समेत रहेका नेता नरेश रन्जितलाई प्रदेश अध्यक्ष निर्वाचित गरेको छ । सम्मेलनको बन्द सत्रबाट रन्जितको अध्यक्षतामा ९९ सदस्यीय नयाँ प्रदेश समिति निर्वाचित गरिएको केन्द्रीय सचिव डिपी थपलियाले जनाएका छन् ।

अध्यक्षसहित सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निर्वाचन आयोग संयोजक गोविन्दबहादुर बटालाले बताए ।

बटालाले बताए अनुसार उपाध्यक्षमा सुवास अधिकारी, रेशम तामाङ र सुनिता गिरी सचिवमा प्रदीप तामाङ ङेमासङ सहसचिवमा बिष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन(जनजाति), प्रितिमा तामाङ(महिला) निर्वाचित भएका छउन्जेल त्यसैगरी कोषाध्यक्षमा भने रोमि घले निर्वाचित भएकी छन् ।

भक्तपुरमा सम्पन्न प्रथम सम्मेलनमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु राजु कुटु, बेदप्रसाद खरेल, प्रदेशका नेता रोशन बासुकला, निवर्तमान अध्यक्ष सरराज उप्रेती लगायतको सक्रिय सहभागिता रहेको थियो ।

फलस्वरूप प्रदेश अध्यक्ष मात्र होइन आधा दर्जन बढी सदस्यहरु समेत भक्तपुरले आफ्नो पोल्टामा पार्न सफल भएको जिल्ला अध्यक्ष सुरेन्द्र सुवालले बताए ।

भक्तपुरबाट समितिमा निर्वाचित सदस्यहरूमा डिकेन कुटु, महिला सदस्य कृति प्रजापति र सुमित्रा श्रेष्ठ, उमेर समूहतर्फ सुनिल न्यहम्फुकी, खुला सदस्यतर्फ सरोज बडाल, राज वाङ्गायो, बिराज था, र मनिल श्रेष्ठ रहेका केन्द्रीय सदस्य राजु कुटुले जानकारी दिए ।

त्यसैगरी आयोग सदस्यहरूमा ओम कृष्ण कुटु, अजय बासुकला, सचिन बज्राचार्य, बिजेश रञ्जित, र आकाश गजुरेललगायत निर्वाचित भएका उनको भनाइ छ ।

भक्तपुरका नेता एवं वाइसीएल केन्द्रीय सदस्य राजु कुटुले प्रदेश अध्यक्ष सहितका सदस्यहरु निर्वाचित हुनुलाई ऐतिहासिक उपलब्धि भनेका छन् ।

उनले वाइसीएलका सस्थापक महासचिव रहेका दिलिप प्रजापति हाल माओवादी केन्द्रका भक्तपुर ईन्चार्ज रहेका, तत्कालीन जिल्ला अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा हाल फ्राक्सन इन्चार्ज रहेका उल्लेख गर्दै त्यस यता भक्तपुरले प्रदेश अध्यक्ष पाउनु गौरवको विषय भएको बताए ।

केन्द्रीय सदस्य कुटुले भक्तपुरले आफ्नो नेतृत्वलाई सफल गर्न इमान्दार प्रयास गर्ने बताउदै पार्टी र संगठनको अपेक्षा अनुसार वाइसीएलको बागमती प्रदेश समिति सफल सावित हुने बिश्वास ब्यक्त गरे ।