ख्वप कलेजमा भोलिबाट दुई दिन राष्ट्रिय सम्मेलन

भक्तपुर, ७ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको ख्वप कलेजमा दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको छ । जेष्ठको ८ र ९ सो सम्मेलन हुने भएको हो ।

विगतका वर्षहरुमा पनि राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको ख्वप कलेजमा चौथो पटक सम्मेलन आयोजना हुन लागेकाे कलेजले जनाएको छ । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र शासन व्यवस्थामा नविनता” रहेको छ ।

 दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदैँ छन् । यस सम्मेलनमा अन्तराष्ट्रिय अनुसन्धान कार्य पत्रहरु पनि प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिए ।

यस सम्मेलनमा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुल्ला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकायका डिन प्राडा अरहन प्रमुख वक्ता रहनेछन ।

यस सम्मेलनको मुख्य आकर्षणको रुपमा दोस्रो दिन  “शासन पुर्नपरिभाषाः दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” विषयमा प्यानल डिस्कसन हुदैँछ ।

यस डिस्कसनमा वरिष्ट कानुनविद डा. भिमाजुर्न आचार्य, त्रि. वि वाताबरण विभागका प्रोफेसर डा. रेजिना मास्के र बाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन डा. गंगाराम विश्वकर्मा प्यानलिटको रुपमा छन ।

अनुसन्धान महत्वपुर्ण विषय र यसै माफर्त नै विकासका  क्रियाकलापको सुरुवात हुने भन्दै शैक्षिक उन्नयनका लागी यस्ता सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले बिश्वास व्यक्त गरे ।

दुई दिने सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रहेका वरिष्ट राजनितिज्ञ नारायणमान विजुक्छले गर्नेछन । ख्वप कलेज र  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यो सम्मेलन हुने बताइएको छ ।