साँगामा स्रोत नखुलेको नगद सहित युवक पक्राउ

काभ्रे । काभ्रे प्रहरीले श्रोत नखुलेको रकमसहित युवकलाई पक्राउ गरेको छ ।

मंगलबार अपराह्न साढे ४ बजेको समयमा बनेपा- १४ साँगा चोक स्थित अरनिको हाइवेमा चेकजाँच गर्दा पनौतीबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार युवकको साथबाट श्रोत नखुलेको रकम बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गा.पा. १ का वर्ष २१ बर्षिय राजन धमाला रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।

धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको नगद रु २५ लाख फेला परेको र त्यसको श्रोत उनले खुलाउन नसकेपछि प्रहरी पक्राउ गरेको डिएसपी घलेले बताए ।

प्रहरीले धमलासंगै यात्रा गरिरहेका उनका साथी सप्तरीको छिन्नमस्ता गा.पा.६ का  ३८ बर्षिय संजय कुमार साहलाई समेत नियन्त्रणमा लिएको बताइएको छ । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिप्रका काभ्रेले जनाएको छ ।