कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने, कर्णाली र सुदूरपश्चिम नेकपालाई

काठमाडौँ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्।मधेस र गण्डकीमा भने सरकार गठनका […]

दुई वामपन्थी दलले प्रदेश सरकारमा सहकार्य गर्ने, नेकपा पुनर्गठनको संकेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमा पुगेपछि नेपाली वाम राजनीतिमा फेरि एकपटक तरङ्ग पैदा भएको छ। प्रदेश सरकारको नेतृत्व बाँडफाँट र संयुक्त सरकार गठनसम्बन्धी सहमतिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठनको बहसलाई समेत नयाँ ऊर्जा दिएको देखिन्छ । शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा एमाले अध्यक्ष […]

नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा नयाँ नेतृत्व

भक्तपुर । नेवा: पत्रकार राष्ट्रिय दबूको भक्तपुर जिल्ला समितिमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पत्रकार चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा  सुरेश श्रेष्ठ र महिला उपाध्यक्षमा रेणु त्वानावासु त्यसैगरी सचिवमा देवेन्द्र प्रजापति, र कोषाध्यक्षमा प्रकाश मल्ल निर्वाचित भएका छन् । सहसचिव (खुला) सत्यराम कासिछ्वा र समावेशीमा […]

तीन सन्तान जन्माउने परिवारलाई पुरस्कार

Nonstop

स्याङ्जा। घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रमलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मापदण्ड पूरा गरेका १७ परिवारले यस कार्यक्रमअन्तर्गत अनुदान प्राप्त गरेका छन्। गाउँपालिकाले ‘तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि–२०८२’ अनुसार योग्य परिवारलाई तेस्रो सन्तान जन्मिएपछि दुई वर्षसम्म मासिक […]

आज हरिशयनी एकादशी, यस्तो छ महत्त्व

काठमाडौं । प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर विशेष पूजा गर्ने परम्परा आजदेखि सुरु भएको छ । यस दिनलाई हरिशयनी एकादशी पनि भनिन्छ। सनातन वैदिक परम्पराअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा जाने र कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागृत हुने विश्वास छ। यही चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। किन गरिन्छ […]

पहिरोले लियो बालकको ज्यान

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शुक्रबार बिहान पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा बसेर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र […]

बारीमा ४ वर्षीया बालिकाको विभत्स शव

Nonstop

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्। शुक्रबार दिउँसो ४ बजेदेखि घरबाट हराएकी उनको शव साँझ घरदेखि करिब २ सय मिटर पूर्वतर्फ रहेको बारीमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कायानत स्थानीय जफारुल मियाँकी छोरी हुन् । उनी अपराह्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएपछि परिवार […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा […]

ईभी अनियन्त्रित हुँदा ८ सवारीमा क्षती : चालकको मृत्यु, सात घाइते

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्त महाराजगञ्ज अगाडि बिहीबार साँझ ईभी माइक्रो अनियन्त्रित भई एकपछि अर्को सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साँझ करिब सबा ७ बजे बसुन्धराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले अगाडि रहेका सवारीसाधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो। […]