बाबुराम दाहाल, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आन्तरिक राजश्व संकलनमा उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ राजश्व संकलन गर्दै अघिल्लो वर्षको तुलनामा करिब ९३.४० प्रतिशत वृद्धि हासिल गरेको हो। नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ राजश्व […]
समाचार
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो । छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, […]
एकाबिहानै उद्योगी प्रकाश मुन्दडाको घर र अफिसमा प्रहरीको छापा
विराटनगर । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो । देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ । देवनरा समूहको नेतृत्वमा रहेका […]
पक्राउ परेका दुर्गा प्रसाईं जिल्ला प्रहरी परिसर, भक्तपुरको हिरासतमा
काठमाडौँ । दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ । स्रोतका अनुसार उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको छ । भक्तपुरका एसपी सूर्य खड्काले अन्य थुनुवासँग नराखेर प्रसाईंलाई परिसरस्थित बालमैत्री कक्षमा छुट्टै राखेको एक अधिकृतले बताए । खड्का नेतृत्वको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरास्थित उनको घरबाट पक्राउ गरे हो । […]
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव
काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव निकालिएको छ। बिहीबार आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए। प्रतिकूल मौसमका कारण आइतबार मात्रै उनको शव निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले […]
सुस्तामा हतियारसहित भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव
बुटवल । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रवीन्द्र जैसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिएका हुन् । स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण […]
मोटरसाइकल र नीलगाई ठोक्किँदा चालक र नीलगाई दुवैको निधन
बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित बिपी राजमार्गमा शनिबार मोटरसाइकल र नीलगाई एकापसमा ठोक्किँदा मोटरसाइकल चालक र नीलगाई दुवैको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकल र जङ्गली क्षेत्रमा सडक पार गर्दै गरेको नीलगाई ठक्कर खाएका थिए […]
गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ । पुन: केही बुँदा थपेर १८ बुँदा पुर्याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने […]
अमेरिकी भिसाको लागि तीस लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार […]
इरानमाथि हमला रोकेर ट्रम्पले भने- सम्झौताको नमूना तयार भयो, होर्मुज स्ट्रेट तत्काल खोलिनेछ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका अन्य देशहरूबाट आएको आग्रह र दुवै पक्षबीच सम्झौताको प्रारम्भिक नमूनामा सहमति जुटेपछि हमला रोकिएको ट्रम्पले जनाएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानविरुद्ध आक्रमण गर्न पूर्ण […]











