दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले आक्रमण गरेको हो । वर्ष १४ की चयन घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै […]

चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]

पत्रकार थापालाई पितृशोक

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको छ । उनका पिता कृष्णबहादुर थापाको निधन भएको हो । ७३ वर्षको उमेरमा बुधवार राति उनको देहान्त भएको पारिवारिक श्रोतले जानकारी गराएको छ । लामो समयदेखि दम, मुटु र मिर्गौला रोगले ग्रसित उनको उपचारकै क्रममा भक्तपुर अस्पतालमा निधन […]

महाजात्राले कमायो २६ करोड ६५ लाख

mahajatra safalta ghimire

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । नेपालमा षट्कोण आर्ट्सबाट […]

नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा अधिकृतलाई कामकाजमा खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ८२ नव प्रवेशी शाखा अधिकृतलाई कामकाजमा खटाइएको जनाएको छ । २९ अधिकृतलाई गाउँपालिकामा रिक्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको मन्त्रालयले अन्यलाई भने गृह मन्त्रालय र भूमि व्यवस्था, […]

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग खेल्ने

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ । बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा अपराजित रहदै समुह विजेता बनेको छ । त्यस्तै अर्को सेमिफाइनलमा आयोजक ओमानको सामना हङकङसँग हुने भएको छ । ओमान समुह […]

पदमको पाताल बजारमा

२०८१ वैशाख ५ काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति साहित्यकार पदम विश्वकर्माको पाताल उपन्यास सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व गरेका थिए […]

अनेसासद्वारा १२ हजार ६ सय डलर पुरस्कार वितरण

२०८१ वैशाख ४ काठमाडौं दुई दुई वर्षमा प्रदान गरिने अनेसास सर्वोत्कृष्ट पुरस्कार २०२३ समर्पण समारोहको पूर्णाहुति भएको छ । अनेसास बोर्ड अफ ट्रस्टीमार्फत वितरण गरिने यो पुरस्कार सन् २००३ देखि निरन्तर प्रदान गरिँदै आएको छ । सन् २०२३ को सर्वोत्कृष्ट पुस्तक पुरस्कार विविध विधामा गरी १० कृति र अनेसास सुनिल पाठक विशिष्ट पुरस्कार गरी जम्मा […]

साहित्यिक पत्रकारितामाथि बृहत् विमर्श

२०८० चैत २९, काठमाडौं । साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगरमा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रमको आयोजना गर्‍यो ।    साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे रहेका थिए ।   सो कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा […]

प्रज्ञा अन्तर्देशीय पुरस्कार पाए पदमले

 नेपाल प्रज्ञा–प्रतिष्ठानले आज एक भव्य समारोहबिच प्रज्ञा-अन्तर्देशीय पुरस्कारसहित दर्जन प्रज्ञा पुरस्कार प्रदान गरेको छ । प्रज्ञा-अन्तर्देशीय पुरस्कार स्थापनाको पहिलो पुरस्कृत व्यक्ति नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा भएका छन् । विश्वकर्मालाई नगद रु. १ लाख नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको होे । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति […]