निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा परियार

काठमाडौँ, ४ साउन । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्राडा जितेन्द्र परियार नियुक्त भएको छन् । डा. परियार विरुद्ध केहीदिन अधिदेखि संचार माध्यममा नकारात्मक समाचार आएका थिए। उनी विरुद्धका नकारात्मक समाचार आएपनि डा. परियारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रियामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस भएका परियारलाई अस्पताल विकास […]

२५ घण्टापछि सकुशल घर फर्किए निकुञ्जभित्र हराएका १४ महिला

महेन्द्रनगर । जङ्गली च्याउ खोज्न  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगेर सम्पर्कविहिन भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला २५ घण्टापछि सकुशल घर फर्किएका छन् ।  आइतबार बिहान ११ बजे जंगल छिरेको उक्त टोली च्याउ खोज्ने धुनमा निकुञ्जको निकै भित्री भागसम्म पुगेको पत्तै पाएका थिएनन्। दिउँसो ३ बजेतिर घर फर्किने निधो गर्दा उनीहरू जंगलभित्र अलमलिसकेका थिए। आएको […]

कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो

कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाहरू सम्पर्कविहीन भएका छन् । आइतबार बिहान ११ बजेबाट उनीहरू सम्पर्क विहीन भएका हुन् । महिलाहरूको खोजीमा प्रहरी र सैनिक टोली खटिएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटा घर भएका महिलाहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा परिचालित […]

बजेट कार्यान्वयनका लागि छलफलमा जुटे अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरू गरेका छन्। आज अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरू भएको हो। अर्थमन्त्री वाग्लेको अध्यक्षतामा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति […]

भक्तपुरको गेष्ट हाउसमा बसेकी १८ वर्षीया युवती मृत फेला, चार जना नियन्त्रणमा

भक्तपुर । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक १८ वर्षीया युवतीको मृत्यु भएको छ। घटनापछि उनीसँगै गेष्ट हाउसमा बसेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक दोलखा भीमेश्वर नगरपालिका–९, खरीढुंगा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–९, टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार […]

पहिरोले कोशी राजमार्गको चैनपुर-बसन्तपुर सडक अवरुद्ध

संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । सडक अवरुद्ध भएपछि चैनपुर देखि बसन्तपुर आवतजावत गर्ने सवारी साधन ठप्प भएको छ । वर्षाका कारण शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट […]

६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन

काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो । स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी […]

धादिङको बेनीघाट क्षेत्रमा पहिरो, दुवैतर्फको यातायात अवरुद्ध

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ । धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ । गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए । साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ । वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै […]

यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी बने उत्कृष्ट युवा खेलाडी

काठमाडौं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने । स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी […]

आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?

काठमाडौँ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । यसै सन्दर्भमा आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । यस महिनाको सोमबार श्रद्धापूर्वक व्रत बसेर भगवान् […]