राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् संशोधन विधेयक

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा […]

लगातार ८ दिनदेखि बढ्यो सेयर बजार

काठमाडौं । विगत ८ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । यद्यपि पछिल्ला दुई दिन वृद्धि एकल अंकमा खुम्चिएको छ । बुधबार ५.१७ अंक बढेको बजार आज बिहीबार ३.७६ अंक बढ्यो । योसँगै नेप्से परिसूचक २९८२ अंकमा कायम भएको छ । बिहीबार पनि बजारमा केही उतारचढाव देखियो । ११ ः ३८ बजे २९९० अंकमा […]

प्रधानमन्त्रीलाई हावादारी कुरा नगर्न सभामुखबाट रुलिङ हुनुपर्ने माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी अभिव्यक्ति’को संज्ञा दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत हुन नहुने भनेर यस निम्ति सभामुखबाट रुलिङ हुनुपर्ने माग गरे । ‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर झुटको खेती गर्ने, आँपलाई इम्लिी भन्ने, अन्धकारमा धकेल्ने र समाजलाई […]

अनुदानका लागि जिवित व्यक्तिलाई मृत घोषणा, दुई कर्मचारी पक्राउ

धनगढी । दार्चुलामा कृषि अनुदानको रकम हत्याउनका लागि कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैँकलाई फर्जी पत्र पठाएको आरोपमा दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश दाहालले बताए । पक्राउ परेकामध्येका धामी शैल्यशिखर […]

एमाले निर्णयबारे माओवादी महासचिवले खोले मुख

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि एमाले प्रवेशमा गरिएको प्रतिवन्ध नेपालको संविधानको मौलिक हकको धारा–१७ विपरीत रहेको टिप्पणी गरेका छन्। गत मंगलबारको एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको छ। ‘नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धि धारा १७ […]

बेपत्ता रूसी विमान दुर्घटनाग्रस्त फेला, कोही पनि जिवित नरहेको आकलन

काठमाडौँ । रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको छ। बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन-२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो। उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ। टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो। जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन […]

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको […]

बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १५ घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । चौधरीका जानकारीअनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको […]

मध्यपुर थिमिमा दुई किशोरी दिदीबहिनी मृत फेला

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित सिन्टिटारमा दुई किशोरीहरु मृत फेला परेका छन् । उनीहरू नातामा दिदीबहिनी हुन् । बिहीबार बिहान करिब पौने ७ बजे सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ स्थायी घर भई हाल बोडे सिन्टिटारमा डेरा गरी बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल आफ्नै डेराकोठाको भुइँतलामा झुण्डिएको अवस्थामा […]

आजको प्रतिनिधिसभा बैठकमा दुई विधेयक प्रस्तुत हुने, तीन समिति बैठक बस्ने

काठमाडौँ। आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहीबार (आज) अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि […]