काठमाडौं । अन्तिम समयमा आएर नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ । उनी शनिबार नै भारत जाने तयारी भए पनि आइतबारका लागि सारिएको थियो । तर उनी आइतबार पनि भारत नजाने भएका छन् ।
भारतको नयाँदिल्लीमा पार्टीको जनसम्पर्क समितिको अधिवेशन आयोजना गरिएको छ । सो कार्यक्रममा थापालाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । थापा कार्यक्रममा जान तयार पनि भएका थिए । तर उनले अन्तिम समयमा भारत नजाने निर्णय गरे ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको बताए । त्यसको कारणबारे भने उनले स्पष्ट जवाफ दिएनन् ।







