काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा […]
समाचार
ईभी अनियन्त्रित हुँदा ८ सवारीमा क्षती : चालकको मृत्यु, सात घाइते
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्त महाराजगञ्ज अगाडि बिहीबार साँझ ईभी माइक्रो अनियन्त्रित भई एकपछि अर्को सवारीसाधनलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। प्रहरीका अनुसार साँझ करिब सबा ७ बजे बसुन्धराबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको ईभी माइक्रोले अगाडि रहेका सवारीसाधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो। […]
जनविश्वास बटुल्दै ख्वप अस्पताल, एकै वर्षमा ३ लाख २७ हजारको उपचार
भक्तपुर । स्थानीय तहले सञ्चालन गरेको अस्पतालले पनि गुणस्तरीय, भरपर्दो र विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्छ भन्ने उदाहरण बनेको छ, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल। सेवा विस्तार, आधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र सातै दिन नियमित उपचार सेवाका कारण अस्पतालप्रति जनविश्वास निरन्तर बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले भक्तपुरसहित देशका ७४ जिल्लाका ३ […]
सर्पदंश बढेपछि विद्यालयमै सचेतना अभियान
रूपन्देही। पछिल्लो समय रूपन्देही जिल्लामा सर्पदंशका घटनाहरू बढ्दै गएपछि विद्यालयस्तरबाटै जनचेतना फैलाउने अभियान सुरु गरिएको छ। धार्मिक संस्था रुद्र गणको अगुवाइमा युवा अभियन्ता विशाल पाण्डेय र नवीन पौडेलले विभिन्न विद्यालयमा पुगेर सर्पदंशबाट बच्ने उपाय तथा सर्प संरक्षणसम्बन्धी समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका हुन्। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई विषालु र अविषालु सर्पको पहिचान, सर्पदंशबाट बच्ने […]
सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरूद्ध सर्वोच्चमा रिट
काठमाडौँ । संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा दिएको रिट शुक्रबार दर्ता भएको हो। रिटको सुनुवाइका लागि साउन ११ गते पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। रिट निवेदक सिलवालले संघ र प्रदेशसमेतका सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिँदा बर्सेनि ६३ करोड ६४ […]
चीन–भारत–पाकिस्तान सहित ६० व्यापारिक साझेदारमाथि अमेरिकाले लगायो नयाँ भन्सार शुल्क
काठमाडौं । अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ । १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् । यस वर्षको सुरुमा अस्थायी […]
वर्षा र पहिरोले ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ […]
आजको मौसम : देशको यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई […]
मध्यरातमा विशेष भिडियो सन्देश जारी गर्दै मोदीले आन्दोलनरत पक्षलाई के भने ?
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्। बिहीबार राति ११:५२ बजे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत […]
काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्न सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउन सरकारका नाममा विभिन्न निर्देशनात्मक आदेशसहितको परमादेश जारी गरेको छ । अदालतले फोहोर व्यवस्थापनमा देखिएको नीतिगत र व्यावहारिक झन्झट हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिवको संयोजकत्वमा एक समन्वय समिति गठन गर्न आदेश दिएको छ, जसमा सम्बन्धित मन्त्रालयका सचिवहरू र उपत्यकाका महानगरका प्रमुख प्रशासकीय […]









