मुख्यमन्त्री नै नआएपछि दिउँसो २ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएसँगै सारिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित […]

नियम बिपरित विब्यस बनाउने विद्यालयको संघीय अनुदान रोक्का गर्ने चेतावनी

Mahabir pun

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठनमा ढिलाइ गर्ने वा नियमविपरीत गठन गर्ने पालिकाहरूलाई कार्वाहीको कडा चेतावनी दिएका छन् । “विद्यालय व्यवस्थापन समिति गठन नगर्ने, वा मनपरी ढंगले विद्यालय चलाउने पालिकाहरूलाई पुनः सूचना जारी गरिएको छ। नियम नमान्ने पालिकाको विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिनेछ।” उनले भने । मन्त्रालयले […]

नेता दाहालको दावी – सरकारको गति र मति दुबै राम्रो देखिएन

सिन्धुली । जेनजी विद्रोहपछिको वस्तुगत परिस्थिति र तथ्य अनुसार देशलाई सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले दिशानिर्देश गर्न नसकेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं बिघटित प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)को दावी छ । पुरानोको निरन्तरतामा मनोगत ढङ्गले चलेको कार्की नेतृत्वको सरकारको पनि गति र मति दुबै राम्रो नरहेको उनले दावी गरे । लुटिएको हतियार र जेलबाट […]

क्षतिग्रस्त केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि कांग्रेसले थाल्यो आर्थिक संकलन

काठमाडौं । जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग संकलन थालेको छ । कांग्रेसले पार्टी मातहतका विभिन्न ६ वटा कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र जनप्रतिनिधिहरूबाट आर्थिक सहयोग संकलन थालेको हो । संकटको क्षणमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, महानगर/उपमहानगर/नगरपालिका, गाउँपालिका र नगर तथा गाउँ वडा […]

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए । उनले […]

मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । मधेस प्रदेशसभामा […]

कस्तो रहला आज देशभर मौसम ?

काठमाडौँ । आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । […]

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई पितृशोक

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। उनका पिता कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। कुलबहादुर श्रेष्ठ लामो समयदेखि स्वासप्रश्वास तथा मधुमेह रोगबाट पीडित थिए। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र इन्जिनियर राममनोहर श्रेष्ठ र वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ गरी उनका तीन छोरा र दुई छोरी छन् […]

डकुमेन्ट्रीले लगायो दाग

रौतहट । कटहरिया नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहितलाई भ्रष्टाचार आरोपमा मुदा दायर गरिएको छ। डकुमेन्ट्री निर्माणको नाममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा उनीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आर्थिक वर्ष २०७७–०७८ को बजेट नगरसभाबाट स्वीकृत नगरी सरिता फाउण्डेशनको नाममा पाँच लाख रुपैयाँको चेक काटेर […]

भ्रष्टाचार मुद्दामा कांग्रेस नेता जीवन बहादुर शाहीविरुद्ध सर्वोच्च गयो अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले पूर्व पर्यटन मन्त्री तथा नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीसहितका प्रतिवादीहरूलाई सफाइ दिने तथा कम सजाय तोक्ने विशेष अदालतको फैसलाविरुद्ध मंगलबार सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो। नेपाल वायुसेवा निगमका लागि […]