शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या […]

पुष्पलाल श्रेष्ठको योगदान आज पनि उत्तिकै प्रेरणादायी : माधव नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए । विज्ञप्तिमा […]

तामाकोशी बाढीले सडक कटान गरेपछि मन्थली–चरिकोट सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको हो। साथै दोलखाबाट तराईसहित कोशी प्रदेशका जिल्ला जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् । […]

रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेपछि निजामुद्दिन अन्सारी प्रहरी हिरासतमा

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सांसद् साहले बुधबार उजुरी दिएपछि अन्सारीलाई सोही दिन दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख […]

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)

काठमाडौं । पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको पछिल्लाे तथ्याङ्क अनुसार, पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ हाल एकतर्फी मात्र यातायात सञ्चालनमा छ। […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]

देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो। विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्। आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराए। उनले १५ औं […]

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक, सूचीसहित

काठमाडौं । मन्त्रिपरिषद् शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू […]

बैंकिङ कसुर मुद्दामा फरार व्यवसायी शंकर अग्रवाललाई पक्राउ

काठमाडौँ । व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले बताए । एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा […]

दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि (बिहीबार)देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि […]