देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ […]

बागमतीमा एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। आजकै मितिदेखि लागू हुने गरी उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्। संयुक्त रूपमा राजीनामा दिएको पत्र मुख्यमन्त्री ईन्द्र बानियाँलाई दिइएको छ। बागमतीमा एमालेबाट ६ जना मन्त्री थिए। यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको […]

चतार्फी बिरोध भएपछि सरकारले फिर्ता लियो शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर

काठमाडौँ । जनस्तरबाट चौतर्फी बिरोध भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लिएको छ । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत कर फिर्ता लिइएको जानकारी दिएका हुन् । शिक्षा र स्वास्थ्यमा कर लगाएको भन्दै नागरिकस्तरबाट व्यापक विरोध भएको थियो । प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% […]

जानकी मन्दिर प्रवेशलाई लिएर विवाद, साम्पाङ समर्थक र विरोधीबीच तनाव

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा मंगलबार श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तामाथि धपेडी भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ। साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आउने कार्यक्रम रहेकाले उनी आउनुअघि स्वागतका लागि पुगेका नेता तथा कार्यकर्तामाथि उक्त घटना भएको हो। हिन्दु सम्राट सेनाले […]

रोपाइँ चलिरहेकै बेला आएको पहिरोले सात रोपनी खेत बगायो, आधा दर्जन किसान घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला एक्कासि पहिरो जाँदा आधा दर्जन किसान घाइते भएका छन्। स्थानीय किसान नोमराज भट्टको खेतमा सोमबार रोपाइँ चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई करिब ७ देखि ८ सय मिटर तल जंगल क्षेत्रमा पहिरोबीचबाट उद्धार […]

जलेको कार भित्र पुरुषको शव फेला

काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित सुप्लाङकोटमा पार्किङमा राखिएको एक कार आगलागी हुँदा  कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो निभाएपछि कारभित्र जलेको अवस्थामा एक पुरुषको शव भेटिएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन । पार्किङमा रहेको कारमा अचानक आगो लागेपछि स्थानीयवासी र प्रहरीको […]

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट, विपदमा कार्यालय नछाड्न मन्त्रालयको निर्देशन

काठमाडौं । चालु आर्थिक वर्षका लागि देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेका छन्। तर १३ स्थानीय तहले भने विभिन्न कारणले हालसम्म पनि बजेट सार्वजनिक गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशका […]

माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, बजेट कार्यशैलीमा परिवर्तन

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन मार्गदर्शनमार्फत विगतको माइक्रो म्यानेजमेन्टको अभ्यास अन्त्य गर्दै मन्त्रालय, विभाग र आयोजना प्रमुखहरूलाई कानुनले दिएको अधिकार प्रयोग गर्न थप स्वतन्त्रता दिएको छ। आर्थिक वर्ष २०८२/८३ को १८ पृष्ठ र ९५ बुँदे विस्तृत तथा नियन्त्रणमुखी मार्गदर्शनलाई घटाएर यस वर्ष ७ पृष्ठ र ३७ बुँदामा सीमित गरिएको छ। इन्धन, […]

काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी ३० वर्षीय सालु गुरुङले राति २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् । गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले […]

वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लाे तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्। कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड पूर्ण रूपमा बन्द छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने […]