कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]

कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर विषय पढाई हुने

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्। केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा […]

सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन

CTEVT

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् ।   परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ ।  उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]

सीटीईभीटीका सदस्य सचिवलाई कार्यकक्ष प्रवेशमा अनिश्चितकालीन अवरोध

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीईभीटी)का सदस्य सचिव इ. महेश भट्टराईलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) – विशेष प्रदेश समितिले कार्यकक्ष प्रवेशमा अवरोध गरेको छ। शुक्रवार एक सूचना टाँस गर्दै नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले अनिश्चितकालीन अवरोध गरेको हो । परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीको मूल्यांकनमा […]

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं । चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रमका लागि सिट निर्धारण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रस्तुत अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट निर्धारण गरिएको हो। हाल आङ्गिक, गैह्रनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २८५ वटा शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरूलाई […]

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार बढीले ल्याए सर्वोच्च जिपिए

see board

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै बोर्डले राति ८ बजे नतिजा सार्वजनिक गरेको हो। चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना […]

बालबालिकाको शिक्षामा निजामती कर्मचारी संगठनको योगदान, ८ विद्यार्थीको अभिभावकत्व ग्रहण

भक्तपुर । नेपाल निजामती कर्मचारी संगठनको शिक्षा विभागीय समितिले यस वर्ष थप चारजना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई विद्यालय भर्ना गराएको छ । आर्थिक,पारिवारिक र सामाजिक बाध्यताले विद्यालय जानबाट वञ्चित बालबालिकाको पहिचान गरी यस वर्ष थप चार जनालाई विद्यालय भर्ना गराइएको संगठनका केन्द्रीय सदस्य एवं शिक्षा विभागीय समितिका इन्चार्ज शिवराज पोखरेलले जनाएका छन् । हालसम्म […]

सिटिइभिटीका आङ्गिक शिक्षालयहरू निःशुल्क गर्न अखिल क्रान्तिकारीको माग

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]

भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]

कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक

Krishnaprasad Sharma

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]