भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]
Tag: सानोठिमी
कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति
सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो । विभिन्न […]
संसदको उपसमितिमा जुट्यो एसईई नगर्ने सहमति, यस्ता छन् अरु सहमति
रोशन गाउँले, काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलमा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो । ‘आधारभूत त माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्म स्थानीय तहले गर्ने । माध्यमिक तहको राष्ट्रिय परीक्षा बोर्डले गर्ने सहमति जुटेको छ […]
उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल
सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]
जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार
भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् । हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् । उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षाका सचिव अष्ट लामाको असामयिक निधन
भक्तपुर । नेपाल राष्ट्रिय कर्मचारी संगठन, शिक्षा विभागीय कार्यसमितिका सचिव एवं सानोठिमीस्थित शैक्षिक गुणस्तर मापन केन्द्रका शाखा अधिकृत अष्ट लामाको असामयिक निधन भएको छ । एक साता अघि पिट्युटरी ग्लाण्डको शल्यक्रियाका लागि उनी काठमाडौको ब्लुक्रस अस्पताल भर्ना भएका थिए । शल्यक्रिया सफल भएको जानकारी गराएको अस्पतालले उनलाई आइसीयुबाट निकालेन, उल्टै भेन्टिलेटरमा राख्नुपर्ने भयो भन्दै २ […]
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित
भक्तपुर । स्ववियु निर्वाचन अन्तर्गत भक्तपुरको सानोठिमी क्याम्पसमा नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको पूरै प्यानलले बिजय हासिल गरेको छ । अखिल (क्रान्तिकारी) र नेविसंघ गठबन्धनको पूरै प्यानल उम्मेदवार निर्वाचित भएका हुन् । अखिल क्रान्तिकारीका ठगुन्ना ३ सय ९७ मत सहित अध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको हो । उनले निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निराजन थापालाई भारी मतले […]
सानोठिमी क्याम्पसको मतगणना जारी : अखिल क्रान्तिकारी र नेविसंघको अग्रता
भक्तपुर । शिक्षाशास्त्र पढाई हुने देशकै प्रख्यात सानोठिमी क्याम्पसको २ सय मत गणना हुँदा अध्यक्षमा नरेन्द्र सिंह ठगुन्नाले अग्रता हासिल गरेका छन् । ठगुन्ना अखिल क्रान्तिकारीका उम्मेदवार हुन् । ठगुन्नाले १ सय ८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निराजन थापाले उनलाई ४२ मतसहित पछ्याइरहेका छन् । सचिवमा नेविसंघका दिक्पाल कार्कीले १ सय ७ […]
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन
शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री
सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् । गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि […]











