सानोठिमी । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक पदमा सहसचिव कृष्णप्रसाद काप्री नियुक्त भएका छन् । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले काप्रीलाई महानिर्देशक पदमा नियुक्त गरेकी हुन् ।
गोरखा स्थायी घर भएका काप्री मध्यपुर थिमी-३ निवासी हुन् । २०५३ सालमा विद्यालय निरीक्षक बाट शिक्षा सेवामा प्रवेश गरेका काप्री सहसचिव भएको पनि एक दशक पुगिसकेको छ ।
सानोठिमीस्थित प्राय कार्यालयको प्रमुख भैसकेका उनले शिक्षा सेवामा महत्वपूर्ण मानिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक हुने दौडमा अन्य प्रतिस्पर्धीलाई पछि पार्न सफल भए । सोमबार उनले पदभार समेत सम्हालिसकेका छन् । उनले प्राप्त जिम्मेवारीलाई कसरी अघि बढाउँछन् त्यो भने हेर्न बाकी छ ।
दिपक शर्मा अवकाशमा गएसंगै केन्द्रमा महानिर्देशक पद रिक्त रहेको थियो ।