महेश बस्नेतलाई पछि पार्दै राजिव खत्रीको निरन्तर अग्रता

भक्तपुर । भक्तपुर-२ मा रास्वपाले अग्रता लिइरहेको छ । रास्वपा उम्मेदवार राजिव खत्रीले ७ हजार ०२ मत ल्याउँदा उनलाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ५ सय ३८ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेस १ हजार १ सय ५८ मतसहित तेस्रो स्थानमा रहेको छ ।

१२ हजार ०२ मत गन्दा यो नतिजा आएको हो । यहाँ कूल ७२ हजार ५ मत खसेको छ ।अहिलेसम्म सूर्यविनायक-१ र ७ वडा तथा मथिनपा-१ वडा गणना गरिएको छ ।