जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार

भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् ।

हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् । 

उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको अवसरमा आफ्नो क्याम्पसलाई सम्झिएर पाठ्यपुस्तक पठाएका क्याम्पस प्रमुख माधव श्रेष्ठले जनाएका हुन् ।  प्राप्त पुस्तकहरू बिएड र एमएड तहका पाठ्यपुस्तक रहेका क्याम्पस प्रमुख श्रेष्ठले बताए ।

प्राप्त पाठ्यपुस्तकलाई विद्यालयले पुस्तकालयमा राख्ने र पाठ्यपुस्तक खरिद गर्न नसक्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थी यसबाट लाभान्वित हुने विद्यार्थी नेता चन्द्रकला बास्तोलाले बिश्वास ब्यक्त गरेकी छन् ।

एक शिक्षाकर्मीलाई केक काटेर भन्दा पुस्तक दिएर जन्मदिन मनाउँदा बढी आनन्द मिल्ने उपप्राध्यापक ढुङ्गाना बताउँछन् । आफ्नो जन्मदिनमा क्याम्पसलाई पाठ्यपुस्तक उपहार दिन पाउँदा उनले सन्तोष ब्यक्त गरेका छन् ।

जीवन ढुङ्गाना
जीवन ढुङ्गाना