शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ ।
अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
दिवङ्गत अधिकारीका श्रीमती, २ छोरा र १ छोरी छन् ।