भक्तपुर । शिक्षाशास्त्र पढाई हुने देशकै प्रख्यात सानोठिमी क्याम्पसको २ सय मत गणना हुँदा अध्यक्षमा नरेन्द्र सिंह ठगुन्नाले अग्रता हासिल गरेका छन् । ठगुन्ना अखिल क्रान्तिकारीका उम्मेदवार हुन् ।
ठगुन्नाले १ सय ८ मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निराजन थापाले उनलाई ४२ मतसहित पछ्याइरहेका छन् ।
सचिवमा नेविसंघका दिक्पाल कार्कीले १ सय ७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पेशलले ४६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा क्रान्तिकारीका कविर मानन्धर १ सय २४ मतसहित अघि छन् । उनका निकटतम प्रतिस्पर्धी रचना रिमालले ४६ मत प्राप्त गरेकी छन् ।
अन्य सदस्यहरुमा पनि अखिल क्रान्तिकारी र नेविसंघको गठबन्धनले अग्रता हासिल गरिरहेको छ ।
सानोठिमी क्याम्पसमा केन्द्रीय सत्ता गठबन्धनलाई अस्वीकार गर्दै नेविसंघ अखिल क्रान्तिकारीसंग मिलेको हो । अघिल्ला दुई निर्वाचनमा पनि अखिल क्रान्तिकारी र नेविसंघ मिलेर निर्वाचनमा भाग लिँदा प्यानलै बिजयी बनेका थिए ।
सानोठिमी क्याम्पसमा कूल ७ सय ५७ मत खसेको अखिल क्रान्तिकारीकी क्याम्पस समिति अध्यक्ष चन्द्रकला बास्तोलाले बताइन् ।
अपडेट
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको बिरासत कायमै, नरेन्द्र नेतृत्वको प्यानल निर्वाचित