रहेनन् शिक्षासेवी पूर्व मेजर घिमिरे

भक्तपुरको सूर्यविनायक-५ कटुन्जेस्थित ॐ सेकेण्डरी स्कूलका संस्थापक एवं अङ्ग्रेजी शिक्षक धनप्रकाश घिमिरेको निधन भएको छ । घिमिरे नेपाली सेनाका पूर्व मेजर समेत हुन् ।

मंगलबार साँझ घिमिरेको निधन भएको हो । उनको पार्थिव शरीरलाई हिजै पशुपतिस्थित आर्यघाट पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

उच्च रक्तचापका बिरामी घिमिरेको ब्रेन हेम्ब्रेज भएको र काठमाडौस्थित ह्याम्स हस्पिटलले अपरेसन हुन नसक्ने भनेपछि छाउनीस्थित सैनिक अस्पताल पुर्याइएको थियो । सोही अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

मिजासिला स्वभावका शिक्षासेवी घिमिरे समाजसेवामा समेत सधै अघि सर्ने स्वभावका थिए ।

८० वर्षिय घिमिरे ॐ सेकेण्डरी स्कूलकी प्रिन्सिपल एवं भक्तपुर प्याब्सनकी पूर्व अध्यक्ष सानु घिमिरेको श्रीमान् हुन् । घिमिरेका श्रीमतीसहित एक छोरा र एक छोरी छन् ।