काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् ।
सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् ।
एमाले उम्मेदवार अमनिश कुमार यादवले १९९, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. रजनिश रायले १८, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामेश्वर राय यादवले २ मत ल्याएका छन् ।
अहिलेसम्म बलरा नगरपालिकाको वडा नम्बर ३,५,६,७,१०,११ वडाको मत गनिएको छ ।







