भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीईभीटी)का सदस्य सचिव इ. महेश भट्टराईलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) – विशेष प्रदेश समितिले कार्यकक्ष प्रवेशमा अवरोध गरेको छ।
शुक्रवार एक सूचना टाँस गर्दै नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले अनिश्चितकालीन अवरोध गरेको हो ।
परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीको मूल्यांकनमा अन्याय, तथा अनुमतिविना विभिन्न कलेज र संस्थामा विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन भएको विषयमा असन्तुष्ट क्रान्तिकारीले सिटिइभीटीको नेतृत्वको हैसियतले सदस्य सचिवलाई जिम्मेवार ठहर गरी कार्यालय प्रवेशमा प्रतिबन्ध लगाएको अखिल (क्रान्तिकारी) का सचिव एवं विशेष प्रदेश इन्चार्ज डिबी शाहीले जानकारी दिए ।
हेर्नुस् बिज्ञप्ति








