बागमती प्रदेश सरकारका चार मन्त्रीले दिए राजिनामा

हेटौंडा । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले राजिनामा दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका चार मन्त्रीले राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री बहादुरसिंह लामाप्रति असन्तुष्ट रहेका मन्त्रीहरुले राजिनामा दिएका बुझिएको छ । उनीहरूको राजिनामालाई मुख्यमन्त्री परिवर्तनको संकेतका रुपमा हेरिएको छ ।

राजिनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका श्रोतले जनाएको छ । कांग्रेसका तर्फबाट बागमतीमा आठजना मन्त्री छन् ।