भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । बैशाख २१ गतेदेखि शुरु हुने परीक्षा जेष्ठ २ गतेसम्म चल्ने परीक्षा नियन्त्रक कृृृष्ण शर्माले जनाएका छन् । भोलि बिहीबारबाट गर्ने भनिएको परीक्षा जारी शिक्षक आन्दोलनका कारण सरेर नयाँ कार्यतालिका सार्वजनिक भएको हो । यस वर्ष कक्षा १२ […]
Tag: शिक्षा
शिक्षा सचिव हावी हुँदा एकदिन पनि टिकेन परीक्षा बोर्डको निर्णय
भक्तपुर । बिहीबारबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बेलुकी सानोठिमीमा बसेको बैठकले परीक्षा बैशाख २१ गतेदेखि शुरु गर्नेगरी सार्ने निर्णय गरेको हो । मंगलबार बिहान परीक्षा नसार्ने भन्दै गरेको निर्णयबाट पछि हट्दै परीक्षालाई बैशाख २१ गतेबाट शुरु गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष डा […]
कक्षा १२ को परीक्षा रोकिँदैन : अध्यक्ष डा शर्मा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी गराउदैँ अध्यक्ष डा महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने बताए । “कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन […]
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय शिक्षक आन्दोलनको चर्को दबाबका बीच उनको राजीनामा आएको हो। सरकारले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षकहरूको विरोध प्रदर्शन जारी […]
भक्तपुरमा विद्यालय योगाभ्यास पाठ्यक्रम पूर्णता दिन बन्यो समिति, यसै वर्ष कार्यान्वयन हुने
भक्तपुर । देशकै सानो जिल्ला भक्तपुरले योग शिक्षाको क्षेत्रमा ठूलो योजना अघि सारेको छ । विद्यालयस्तरमै योगाभ्यास पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भक्तपुर पहिलो जिल्ला बन्न लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय, शिक्षक महासंघ र योग समन्वय समितिको संयुक्त प्रयासमा ९ सदस्यीय पाठ्यक्रम तयारी एवं कार्यान्वयन समिति […]
कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति
सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो । विभिन्न […]
कर्णाली एजुकेसन एक्स्पो सुरु, पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]
आन्दोलन कहिले सम्म भन्ने प्रश्नमा यस्तो छ शिक्षक नेताहरुको उत्तर
काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका एक सय बुँदामध्ये अधिकांश बुँदामा छलफल सकिएकोले अब बाँकी बुँदामा पनि दफावार छलफल गरी निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको “आन्दोलन कहिले सम्म?” विषयक अन्तरक्रियामा बोल्दै उनले भने, सरकारले संसदको बैठक बैशाख १२ गते बोलाएको छ, त्यसअघि ऐन जारी गर्न […]
शिक्षकको प्रदर्शन अझ ठुलो, यातायात ब्यवस्थापन भद्रगोल
काठमाडौं । चैत २० देखि जारी शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । हिजो मन्त्रीपरिषद् बैठकले कार्यस्थल फर्कन अनुरोध गर्ने निर्णय गरेको आन्दोलनमा आज शिक्षकको अझ बढी सहभागिता देखिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मुख्य मागसहित शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा छन् । काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात ब्यवस्था […]
मन्त्रीपरिषद् निर्णय : शिक्षकलाई विद्यालय फर्कन अनुरोध गर्ने, संसद अधिवेशन १२ गतेलाई बोलाउने
काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने लगायत प्रयोजनका लागि संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको हवाला दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश […]