काठमाडौं । विवाहित महिलाहरूबीच राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले ‘मिसेस नेशनल ग्र्याण्ड २०२५’ को उपाधि जितेकी छन्। क्रिजोना मिडिया ग्रुप प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले ग्र्याण्ड उपाधिको ताज चुमिन्।
प्रतियोगिताको मुख्य उपाधिसँगै लक्ष्मीले “मोस्ट फोटोजेनिक” को उपउपाधि समेत जित्दै आफ्नो सौन्दर्य र प्रभावशाली उपस्थिति प्रस्तुत गरिन्।
रानी खरेलको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको तेस्रो संस्करणमा अन्य दुई शीर्ष उपाधि पनि समान रूपले चम्किए। जुनु कार्कीले ‘मिसेस नेशनल प्लाटिनम’ को ताज जित्दा अनिता खड्का ‘मिसेस नेशनल क्लासिक’ बन्न सफल भइन्।
जुनु कार्कीले आफ्नो प्रतिभा र लोकप्रियता दुवैबाट “मोस्ट ट्यालेन्टेड” तथा “मोस्ट पपुलर” को उपाधि पनि हात पारिन्। त्यस्तै, अनिता खड्काले “मोस्ट इन्टिलिजेन्ट” र “भ्युअर्स च्वाइस” को ताज समेत पहिरिइन्।
प्रतियोगितामा अन्य उपाधि विजेताहरू यसप्रकार रहेका छन् :
सरिता वाइवा – मोस्ट ग्रेसफुल
रोशनी झा – मोस्ट एलिगेन्ट
सरिता खड्का – बेस्ट वाक
रीता गामी – टाइमलेस ब्युटी
लक्ष्मी सुवाल – मोस्ट कन्फिडेन्ट
नीलम श्रेष्ठ – बेस्ट स्माइल
श्वेता भुषाल – मोस्ट एक्टिभ
सरस्वती रावत – बेस्ट फिगर
विजया श्रेष्ठ – मोस्ट फ्रेन्डली
राधिका सिलवाल – मोस्ट डिसिप्लिन
सिर्जना विष्ट – मोस्ट करिश्म्याटिक
रोजी कायस्थ – बेस्ट लिडरसिप
अस्मिता बजगाईं – मोस्ट क्रिएटिभ
सविता परियार – मोस्ट स्टाइलीस
रीना कुशवाह – मोस्ट इन्स्पायारिङ
बुनु विष्ट – बेस्ट पर्सनालिटी
आरती महतो – मिसेस फेसनिस्टा
प्रतियोगिताको प्रमुख अतिथिका रूपमा समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित थिए। निर्णायक मण्डलमा अभिनेत्री गौरी मल्ल प्रमुख निर्णायक थिइन् भने निर्देशक/अभिनेता मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायक रहेका थिए।
क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीका अनुसार, विवाहित महिलाहरूलाई घरेलु सीमाबाट बाहिर ल्याई आत्मनिर्भर बनाउने तथा उनीहरूमा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले ‘द मिसेस नेशनल’ प्रतियोगिता आयोजना गरिँदै आएको हो।
सजिला प्रस्तुतिहरू, रौनकपूर्ण उपस्थिति र प्रेरणादायी वातावरणले भरिपूर्ण यो सौन्दर्य प्रतियोगिता विवाहित महिलाहरूका लागि आत्मविश्वास अभिवृद्धिको उत्कृष्ट मञ्च बनेको सहभा