सानोठिमी क्याम्पसलाई ६ थान प्रोजेक्टर र पर्दा उपहार

भक्तपुर । पिनाकल पब्लिकेशनले भक्तपुरको सानोठिमी क्याम्पसलाई शिक्षण सामाग्री प्रोजेक्टर र पर्दा प्रदान गरेको छ ।

क्याम्पसलाई ६ थान प्रोजेक्टर र १ थान प्राेजेक्टरको पर्दा सहयोग स्वरुप उपहार प्रदान गरिएको हो ।

पब्लिकेशनका सञ्चालक धानिराम वलीले बिहीबार सो सामाग्री क्याम्पस प्रमुख माधव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

शिक्षण सिकाइमा ती सामाग्री उपयोगी हुने भन्दै क्याम्पस प्रमुख श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन् । प्राप्त सामाग्री विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन प्रयोग गरिने उनले बताए  ।

सो अवसरमा पब्लिकेशनका सञ्चालक वलीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।